सामुदायिक विद्यालयमा पठनपाठन सुरु गर्न कालिका नगरपालिकाको आग्रह

Click Image

चितवन: चितवनको कालिका नगरपालिकाले सामुदायिक विद्यालयमा सोमबारदेखि पठनपाठन सुरु गर्न आग्रह गरेको छ ।

काठमाडौं केन्द्रित शिक्षकको आन्दोलनले सामुदायिक विद्यालयमा नतिजा प्रकाशन, भर्ना अभियानदेखि पठनपाठन समेत रोकिएको छ । लामो समयसम्म पठनपाठन रोकिँदा बालबालिकाले पढ्न पाउने अधिकार खोसिएकाले सो अधिकार सुनिश्चित गर्न आवश्यक रहेको भन्दै विद्यालयमा पठनपाठन सुरु गर्न आग्रह गरिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले जारी गरेको सूचनामा ‘नगर प्रमुख विनोद रेग्मीको आदेशानुसार वैशाख १५ गते सोमबार देखि विद्यार्थी भर्ना तथा कक्षा सञ्चालन गर्न आग्रह’ गरिएको छ ।

Previous articleकक्षा १२ को परीक्षाकाे सर्यो, नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय
Next articleश्रीमतीको कुटाइबाट घाइते भएकाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।