कोरोना भाइरस रोक्न सरकार पूर्वतयारीमा छ : राज्यमन्त्री रावत

अमरगढी, २२ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले कोरोना भाइरस रोक्न सरकार पूर्वतयारीमा रहेकोे बताएका छन् ।

स्वास्थ्य बीमा बोर्डको कार्यक्रमका क्रममा यहाँ आइपुगको राज्यमन्त्री रावतले डडेल्धुरा सदरमुकाममा बिहीबार बिहान पत्रकार भेटघाट कार्यक्रममा कोभिड–१९ को संक्रमणबाट नेपाल सुरक्षित रहेको र रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिले पूर्वतयारी गरिरहेको जानकारी दिए ।

भारतमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि डडेल्धुराको पुराना छोटी भन्सार नाकामा कोरोना जाँच कक्ष स्थापना नभएकाले नेपालबाट भारत जाने आउने पर्शुराम नगरपालिका र भागेश्वर गाउँपालिकाको छोटी भन्सारबाट नेपालमा फैलन सक्ला कि भन्ने पत्रकारले गरेको प्रश्नमा राज्यमन्त्री रावतले सो सम्बन्धमा अध्ययन गरी प्रदेश सरकारलाई निर्देशन दिइने बताए । रासस

The post कोरोना भाइरस रोक्न सरकार पूर्वतयारीमा छ : राज्यमन्त्री रावत appeared first on Koshi Online.

वैदेशिक रोजगारीमा जानेले खोप लगाउन जाँदा के के डकुमेन्ट लिएर जान पर्ला?

Previous articleकोरोनाको त्रासः पक्लिहवा क्याम्पस एक हप्ता बन्द
Next articleवितरण लाइन सुधारका आइतबारसम्म ललितपुरका विभिन्न स्थानमा विद्युत् कटौती गरिने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।