सञ्चारमन्त्री खतिवडालाई महासंघको ११ बुँदे ध्यानाकर्षण

नेपाल पत्रकार महासंघले नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडालाई सञ्चार क्षेत्रका समस्याबारे ध्यानाकर्षण गराएको छ।

महासंघका अध्यक्ष गोविन्द आचार्य नेतृत्वको टोलीले शुक्रबार ११ बुँदे ध्याकर्षण पत्र बुझाउँदै समस्या समाधानका लागि आग्रह गरेको हो।

महासंघले बुझाएको ध्यानाकर्षण पत्रमा संविधानप्रदत्त र अन्तर्राष्ट्रिय मूल्य मान्यताअनुसार राज्यका केन्द्र, प्रदेश र स्थानीय तहले बनाउने सञ्चारसम्बन्धी सबै कानुनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्न तथा कानूनको मस्यौदा निर्माणकै चरणवाटै पत्रकार महासंघसहित सम्बन्धित सरोकारवाला पक्षसँग पर्याप्त छलफल र सहमतिको वातावरण बनाउन माग गरिएको छ।

यस्तै, २०७३ साल साउन ७ गते तत्कालिन मन्त्रिपरिषदवाट पारित गरिएको ‘राष्ट्रिय आमसञ्चार नीति–२०७३’ लाई दृढतापूर्वक कार्यान्वयन गर्न र सोही नीति अनुसार सञ्चार क्षेत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको मूलमर्म अनुसार स्वायत्त र स्वतन्त्र संरचना निर्माण गर्न आग्रह गरिएको छ।

यसैगरी, २०५१ सालमा जारी भएको श्रमजीवी पत्रकार ऐन र त्यस अन्तर्गत बनेको नियमावली–२०६४ मा तोकिएका सेवा सुविधा अझैसम्म श्रमजीवी पत्रकार, कर्मचारी र कामदारहरूले प्राप्त गर्न नसकेको भन्दै न्यूनतम पारिश्रमिक अत्यन्तै न्यून भएकाले यसलाई बृद्धि गर्न भनिएको छ।

पत्रकार महासंघको सदस्यता परिचय पत्रका आधारमा श्रमजीवी पत्रकारलाई सिंहदरबार प्रवेशको व्यवस्था गर्न, पत्रकार दुर्घटना बिमालाई थप विस्तार गरि स्वास्थ्य बिमा र जिवनविमाको व्यवस्था गर्न, पत्रकारलाई सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुबाट उपलब्ध गराइने भनेको ५० प्रतिशत छुटलगायतका पूर्व निर्णयहरु कार्यान्वयन गर्न माग गरिएको छ।

२ वर्षे भिषा सकियो, कम्पनीले काम पनि दिदैन घर नि पठाउँदैन, दशैको मुखमा अलपत्र परियो

Previous articleट्युनिसियास्थित अमेरिकी राजदूतावास अगाडि आत्मघाती बम बिस्फोट
Next articleरेडियो नेपालको प्रसारण पहुँच सबै क्षेत्रमा पुर्‍याउन निर्देशन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।