मुम्बई। भारतको केन्द्रीय रिजर्भ बैंक (आरबीआई)ले मुम्बई क्षेत्रमा निकै लोकप्रिय ‘यस बैंक’बाट एक महिनासम्म सीमित रकम मात्र झिक्न पाउने आकस्मिक निर्णय गरेपछि निराश बैंकका ग्राहक यस बैंकका एटीएम र शाखा कार्यालयमा पैसा झिक्न लामो लाइनमा बस्न बाध्य भएका छन् ।
मुम्बईको फोर्ट शाखाबाट पैसा झिक्न लामो लाइनमा बसेका यस बैंकका ग्राहक योगेश शर्माले आरबीआईले एक महिनाको अवधिमा बैंकबाट ५० हजार भारु मात्र झिक्न पाउने व्यवस्था नै आश्चर्यजनक रहेको बताए ।
उनले भने ‘मैले एटीएमबाट पैसा झिक्न खोजें तर यस बैंकले सेवा दिन रोकेको रहेछ । एनईएफटी कारोबार पनि भइरहेको छैन । म यहाँ पैसा झिक्न बिहान सातबजे आइपुगेको थिएँ ।”
अर्का ग्राहकले भने “यो अति नै पिडादायी कुरा हो । तर मेरो विचारमा आरबिआइले यस बैंकलाई अझ बलियो र संगठित बनाउन खोजेको हुनु पर्दछ । मेरो विचारमा आरबिआईले ग्राहकको पैसाको सुरक्षा गर्नेछ ।”
भारतीय केन्द्रीय बैंकले बिहीबार यस बैंकको वित्तीय अवस्था खराब भएको भन्दै कारोबारमा एक महिनाको प्रतिबन्ध लगाएको थियो । यस बैंकको पारेलस्थित एटिएममा पनि पैसा थिएन । यस एटिएममा ठूलो संख्यामा मानिस भेला भएका थिए । कारोबार रोक्का भएको अवधिमा यस बैंक लिमिटेडले रिजर्भ बैंकको लिखित अनुमती बेगर ५० हजार भारुभन्दा बढी निकाल्न दिने छैन ।
‘पैसा सुरक्षित छ’
भारतीय केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले यस बैंकका ग्राहकको पैसा सुरक्षित रहेको दावी गरेकी छन् । यस बैंकमा संकट आएको भन्दै ग्राहक पैसा निकाल्न लाइनमा लाग्न थालेपछि उनले शुक्रबार पत्रकार सम्मेलन गरेर भनिन्,‘म विश्वास दिलाउन चाहान्छु यस बैंकमा बचतकर्ताको धन सुरक्षित छ । रिजर्भ बैंकले मलाई विश्वास दिलाएको छ । यस बैंकका कुनै पनि ग्राहकलाई हानी हुने छैन ।’
उनले सो विषयमा रिजर्भ बैंक र सरकार दुवै गम्भिर रहेको बताइन् । उनले बैंकका कर्मचारीलाई एक बर्षसम्म कुनै पनि समस्या नआउने समेत बताइन् ।
The post एस बैंकका ग्राहकमा अन्योल, पैसा झिक्न बैंकमा भीड appeared first on Rajdhani Daily News.
कामदार भिषामा साउदी पुगेर मालिक बन्न खोजे लाखौं जरिवाना हुने


