गायक सुमित पाठकको मनमर्जी, पुराना सर्जकको अपमान

काठमान्डाैं । नेपाल आईडल सिजन २ बाट चर्चामा आएका झापाका गायक सुमित पाठकले एक जना पुराना सर्जकको गीत अनुमति बिना स्टेजमा गाउने गरेको र क्रेडिट दिन कन्जुस्ँयाई गरेको पिडितले गुनासो गरेका छन् । पछिल्लो समय पाठकले बिभिन्न स्टेज र कार्यक्रमहरुमा झम्के गुलेली नामको गीत त्यसका सर्जक कमलीकान्त भेटवालको बिना अनुमति गाउने गरेका छन । भेटवालले पूर्वेली न्यूज सँगको कुराकानीका क्रममा पाठकले बिना अनुमति गाँउदा क्रेडिट समेत नदिएको भन्दै गुनासो गरे ।

भेटवालले सामाजिक सञ्जालमा समेत गुनासो पोखेका छन् । उनले लेखेका छन, अहिलेका पिँढिका जल्दाबल्दा गायक हुन सुमित पाठक, मैले रेडियो नेपालमा गाएको झम्के गुलेली गीत उनको पृथक गायन शैलीले झनै सर्वव्यापक भयो । अत्यधिक रुचाईयो पनि । तर आशा छ एउटा असल गायकले मुल सर्जकको नाम लिएर गायन शैली (जुुन लोकभाकाको मर्म हो) ,त्यो बारेमा भाई सुमितले आफ्नो विवेक प्रयोग गरिकन मुल स्वर सङ्कलक को परिचय दिएर अगाडि बढ्नेछन् । यो मेरो सुझाव पनि हो ।

भेटवालले नयाँ पिढिका यस्ता क्रियाकलापले सर्जकको अपमान भएको समेत गुनासो गरे । पाठकले अहिले सम्म आफुलाई एक पटक पनि सो गीतका बारेमा नसोधेको र अनुमति नलिएको बताए । यस बिषयमा पाठकको कुनै प्रतिक्रिया आएको छैन ।

The post गायक सुमित पाठकको मनमर्जी, पुराना सर्जकको अपमान appeared first on Purbeli News.

कुवेतमा रक्सी पारेर बेच्ने तिन नेपाली पक्राउ ९० बोतल मदिरा बरामद

Previous articleएस बैंकका ग्राहकमा अन्योल, पैसा झिक्न बैंकमा भीड
Next articleकुटपिट गर्ने वडा अध्यक्षविरुद्ध उजुरी दर्ता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।