‘नाच-नाच सिजन-५’ को ‘ताज’ इटहरी माेडल एकेडेमीकी जेनिसालाई

0
75


इटहरी / इटहरीको ओसियन पार्कमा ‘नाच-नाच’ सिजन-५ काे ग्राण्ड फिनाले विहिबार सम्पन्न भएकाे छ । सुनसरीको इटहरीस्थित नागि डान्स सेन्टरको आयोजनामा सम्पन्न ‘नाच-नाच’ सिजन-५ को ‘ताज’ इटहरी माेडल एकेडेमीकी जेनिसा पौडेलले चुमेकी छिन् ।

त्यस्तै काेशी सेन्ट जेम्स स्कुलकी युना दाहाल दोश्रो हुन सफल भइन भने सुनसरी सेन्ट छाबियरका दिलप्रतिक तामाङले तृतीय स्थान हासिल गरेका थिए ।

प्रथम दितिय र तृतिय हुनेले क्रमश नगद रू २५ हजार, १५ हजार र रू १० हजार पाउनुका साथै बिभिन्न पुरस्कारहरू प्रदान गरिएकाे आयोजक नागि डान्स सेन्टरका बसन्त बस्नेतले बताए । प्रतियोगितामा चौथौ स्थान प्राप्त गर्ने दिप्सिना बस्नेत तथा, सान्त्वना हुन सफल अनमोलजंग कार्की लाइ मायाको चिनोको साथै पुरस्कार प्रदान गरिएकाे थियाे ।

विगतका बर्षहरुजस्तै यो बर्ष पनि नागि डान्स सेन्टरले नाच नाच प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितमा अन्य बिधामा १५ जनाले विद्यागत उत्तकृष्टताका आधारमा मायाको चिनो प्राप्त गरे । कार्यक्रमका प्रमुख अतिथि उद्योग बाणिज्य संघ इटहरीका महासचिव पिताम्वर पोखरेल रहेका थिए भने फाइनलमा जर्जको रूपमा बरिस्ठ नृत्य निर्देशक पनिता तामाङ, नृत्य निर्देशक रेस्मा राइ र दिनेस श्रेस्ठ रहेका थिए ।

The post ‘नाच-नाच सिजन-५’ को ‘ताज’ इटहरी माेडल एकेडेमीकी जेनिसालाई appeared first on Purbeli News.

कतार: सामान्य झ’गडामा आफ्नै रूम पार्टनरले गरे ओमबहादुरको ह’त्या

Previous articleरामपुरका नगरप्रमुखको तलबभत्ता सामाजिक काममा
Next articleव्यवसाय जाेगाउन लेकसाइडकाे ट्रेजर लाउन्जले अपनायाे सर्तकता