Home Uncategorized ‘नाच-नाच सिजन-५’ को ‘ताज’ इटहरी माेडल एकेडेमीकी जेनिसालाई

‘नाच-नाच सिजन-५’ को ‘ताज’ इटहरी माेडल एकेडेमीकी जेनिसालाई


इटहरी / इटहरीको ओसियन पार्कमा ‘नाच-नाच’ सिजन-५ काे ग्राण्ड फिनाले विहिबार सम्पन्न भएकाे छ । सुनसरीको इटहरीस्थित नागि डान्स सेन्टरको आयोजनामा सम्पन्न ‘नाच-नाच’ सिजन-५ को ‘ताज’ इटहरी माेडल एकेडेमीकी जेनिसा पौडेलले चुमेकी छिन् ।

त्यस्तै काेशी सेन्ट जेम्स स्कुलकी युना दाहाल दोश्रो हुन सफल भइन भने सुनसरी सेन्ट छाबियरका दिलप्रतिक तामाङले तृतीय स्थान हासिल गरेका थिए ।

प्रथम दितिय र तृतिय हुनेले क्रमश नगद रू २५ हजार, १५ हजार र रू १० हजार पाउनुका साथै बिभिन्न पुरस्कारहरू प्रदान गरिएकाे आयोजक नागि डान्स सेन्टरका बसन्त बस्नेतले बताए । प्रतियोगितामा चौथौ स्थान प्राप्त गर्ने दिप्सिना बस्नेत तथा, सान्त्वना हुन सफल अनमोलजंग कार्की लाइ मायाको चिनोको साथै पुरस्कार प्रदान गरिएकाे थियाे ।

विगतका बर्षहरुजस्तै यो बर्ष पनि नागि डान्स सेन्टरले नाच नाच प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितमा अन्य बिधामा १५ जनाले विद्यागत उत्तकृष्टताका आधारमा मायाको चिनो प्राप्त गरे । कार्यक्रमका प्रमुख अतिथि उद्योग बाणिज्य संघ इटहरीका महासचिव पिताम्वर पोखरेल रहेका थिए भने फाइनलमा जर्जको रूपमा बरिस्ठ नृत्य निर्देशक पनिता तामाङ, नृत्य निर्देशक रेस्मा राइ र दिनेस श्रेस्ठ रहेका थिए ।

The post ‘नाच-नाच सिजन-५’ को ‘ताज’ इटहरी माेडल एकेडेमीकी जेनिसालाई appeared first on Purbeli News.

कतार: सामान्य झ’गडामा आफ्नै रूम पार्टनरले गरे ओमबहादुरको ह’त्या

Previous articleकोरोनाको आशंकामा अस्पताल प्रवेश गर्नै दिइएन, बाहिरै राखेर निगरानी
Next articleव्यवसाय जाेगाउन लेकसाइडकाे ट्रेजर लाउन्जले अपनायाे सर्तकता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।