जिप दुर्घटना हुँदा चालकको मृत्यु, ६ जना घाइते

धनगढीबाट दार्चुला जाँदै गरेको अनटेष्ट १२५७ नम्बरको जिप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

 आज (आइतबार) बिहान भएको दुर्घटनामा अन्य छ जना घाइते भएका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।

पाटन नगरपालिका-६ पनतोली भन्ने ठाउँमा सडकबाट करिब २५० मिटर तल खसेर जिप दुर्घटना परेको प्रहरीले जनाएको छ।

जिप चालक दार्चुलाको दुहु गाउँपालिकाका ३५ वर्षीय धनसिंह बडालको घटनास्थलमै मृत्यु भएको छ। दुहु-४ कै २३ वर्षीय सुरेन्द्र बम, ३८ वर्षीय हरकसिंह बडाल, ४१ वर्षीय प्रेमबल्लब जोशी, ४१ वर्षीय धनराज जोशी, २० वर्षीय हेमन्ती बम र २२ वर्षीया द्रोपती जोशी घाइते भएका छन्।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुलेको छैन। घाइतेको जिल्लामा उपचार हुन नसक्दा अन्यत्र सिफारिशको तयारी भएको प्रहरीले जनाइएको छ।

२५ लाख क्षतिपूर्ति तिर्न नसक्दा ४ वर्षदेखि साउदीमा फसेका दामोदर

Previous articleमुलुकभर वर्षा, आजबाट सुधार
Next articleबैतडीमा जिप दुर्घटना हुँदा चालककाे मृत्यु, ६ घाइते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।