एपीएफ टोलीद्वारा चाँदीका गहना र माछाका भुरा बरामद

सशस्त्र प्रहरीले पर्साको विरगंज महानगरपालिका–२१ परवानीपुरबाट बरामद गरेको चाँदीको तयारी गहना भन्सार कार्यालय विरगञ्जमा बुझाएको छ।

सो चाँदीको गहना सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म र नम्बर १५ गुल्म पर्साबाट खटिएको एपीएफ टोलीले शनिबार बरामद गरेको थियो। विरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ५८६८ नम्बरको यात्रुबाहक बसमा जाँच गर्दा उक्त गहना वेवारिसे अवस्थामा फेला परेपछि बरामद गरिएको हो।

बरामद चाँदीको गहना पाउजु रहेको छ। तयारी पाउजु तौल गर्दा करीब तीन केजी रहेको छ भने सुनचाँदी व्यावसायी संघ पर्साले निर्धारण गरेअनुसार उक्त चाँदीको गहना जर्ती र रसायन बाहेक शुद्ध चाँदी १ केजी ७ सय ८६ ग्राम रहेको छ। सो चाँदीको गहनाको भन्सार दाखिला मूल्य १ लाख ३९ हजार ३ सय ८ रुपैयाँ रहेको छ।

एपीएफ टोलीद्वारा माछाको भुरा बरामद
यता, मोरङ जिल्लाको विराटनगर महानगरपालिका १६ दरैयाबाट एपीएफ टोलीले करीब तीन लाख ३० हजार रुपैयाँ बराबरको माछाको भुरा बरामद गरेको छ।

भारतबाट अवैध रुपले भन्सार छली को २ ह ५५४३ नम्बरको अटोमा राखेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गुल्म मोरङबाट खटिएको एपीएफ टोलीले उक्त माछाको भुरा बरामद गरेको हो। एपीएफ टोलीले त्यसवेला उक्त अटो समेत बरामद गरेको छ। बरामद माछाको भुरा तथा अटो भन्सार कार्यालय बिराटनगरमा बुझाइएको छ।

रत्ननगर ९ मा रहेको मिलिजुली सामुदायिक वनको पद हस्तान्तरण

Previous articleएकै व्यक्तिले ठगे साढे दुई करोड
Next articleजोन्टा क्लवद्वारा प्रेरणादायक ८ महिला सम्मानित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।