देउवाद्वारा होलीको शुभकामना व्यक्त

0
69

काठमाडौं, २६ फागुन । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले होली पर्वको अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् ।

उनले सोमबार एक विज्ञप्ति जारी गरी अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रूपमा मनाउँदै आएको उल्लेख गरे ।

सभापति देउवाले वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको होली पर्व मुलुकलाई शान्ति, एकता, पारस्परिक विश्वास, उच्चतम सामाजिक–नैतिक मूल्य–मान्यता र समृृद्धिको बाटोतर्फ लैजान सबैलाई प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

The post देउवाद्वारा होलीको शुभकामना व्यक्त appeared first on Koshi Online.

मिथिला महोत्सव २४ गतेदेखि हुने

Previous articleगायिका जुनी खालिङ राईकाे “जून हेर्याे जूनै राम्राे” सार्वजानिक (भिडियाे सहित)
Next articleउपत्यकामा होली विशेष सुरक्षा : ७६ स्थानमा चेकिङ, माेबाइल भ्यानबाट गस्ती