लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका– १० को कोइरालाफाँटमा सञ्चालित १० औँ कोईराला फाँट खुल्ला रनिङकप फुटवल प्रतियोगिताको समापन गरिएको छ । सोमबार सम्पन्न फाइनल खेल एमवाइसी थान्सिङ र पाउँदी युथ क्लव बीचको भएको थियो ।
खेल अत्यन्त प्रतिस्पर्धात्मक रहेको उक्त प्रतियोगितामा फाइनल खेलमा खेल अवधिमा दुवै पक्षबाट ३÷३ गोल गरि बराबरीमा खेल टुंगिएको थियो । त्यसपछि ट्राइब्रकरमा ५–४ गोलले एमवाइसी थान्सिङ पहिलो विजेता भएको टेकबहादुर दुराले जानकारी दिए ।
उनका अनुसार पहिलो हुने टिमलाई एक लाख एक हजार एक सय ११ कोइरालाफाँट रनिङ कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै, दोस्रो हुने टिमलाई ५० हजार पाँच सय ५५ रुपैयाँ मेडल र प्रमाणपत्र प्रदान गरियो । उनका अनुशासित टिममा मनकामना नवजागरण युवाक्लब लामिखेत भएको छ भने सोही टिमका अर्जुन गुरुङ सर्वाधिक गोलकर्ता भएको छन ।
उनले खेल अवधिभर ११ गोल गरेका थिए । सो प्रतियोगितामा उत्कष्ठ गोलकिपरमा विजेता टिमका हिमाल गुरुङ पुरस्कृत भएका छन् । उत्कष्ठ टिम मैनेजरमा विजेता टिमकै सुजन थापालाई पुरस्कृत गरिएको छ । उत्कृष्ठ खेलाडीमा दोस्रो हुने टिमका हेम आले मगर पुरस्कृत भएका छन् । उनीहरुलार्य मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै म्यानअफ दि म्याच मा पनि पाउँदी टिमकै विक्रम तामाङ पुस्कृत भएका छन् ।
विजयी खेलाडीलाई सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रले पुरस्कार र प्रमाणपत्र वितरण गरे । आयोजक कोइरालाफाँट युवा क्लबका अध्यक्ष तीर्थराज ढकालको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन सचिव टेकबहादुर दुराले गरेका थिए ।

The post थान्सिङलाइ कोइरालाफाँट उपाधि appeared first on Rajdhani Daily News.


