
प्रेस लेखिएको मोटरसाइकलमा लागूऔषध ओसारपसिार गर्ने दुई जना पक्राउ परेका छन्। बाराको जितपुर सिमरा उपमहानगरपालिका २ बाट वीरगञ्ज १५ का जितेन्द्र कुमार सिंह र भारतको बिहारका नासिर आलम मंगलबार पक्राउ परेका हुन्।
नेपाल विद्युत् प्राधिकरणअगाडि बाटोमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा प्रेस लेखिएको ना.६२प ६२६७ नं को मोटरसाइकलमा रहेका जितेन्द्र र साइकलमा रहेका नासिरको गतिविधिमा शंका लागेपछि प्रहरीले चेकजाँच गरेको थियो।
उनीहरुको साथमा डाईजेपाम ३ सय पिस, नुफिन ३ सय पिस र फेनारगन ३ तीन सय पिस गरी ९ सय पिस लागुऔषध फेला परेको बाराका प्रहरी नायव उपरीक्षक डिएसपी गौतम मिश्रले जानकारी दिए ।
स्थानिय निर्वाचन २०७९: यस्तो छ रत्ननगर १५ को चुनावी हिसाबकिताब


