बस र अटोरिक्सा ठोक्किँदा एकको मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बस र अटोरिक्सा एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । भे१ख २१२९ नम्बरको बस र अटो आज बिहान कोहलपुरको ट्राफिक प्रहरी कार्यालय अगाडि ठोक्किँदा अटो चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

मृतकको नाम र ठेगाना अभैm खुल्न नसकेको प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो । दुर्घटनामा घाइते दुईको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ र बसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

The post बस र अटोरिक्सा ठोक्किँदा एकको मृत्यु appeared first on Rajdhani Daily News.

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइयो

Previous articleकोरोना कहर : कुवेतमा हवाई सेवा बन्द, कामदारलाई २ साता बिदा
Next article४० करोड लगानीमा सेवरमा औषधि उद्योग स्थापना हुँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।