चितवनको पर्सा बजारमा दिउँसै लुटियो गुल्मीका मानिसको ९ लाख

३० फागुन, काठमाडौं । पूर्वी चितवनको खैरहनीमा एक ब्यक्ति दिनदहाडै लुटिएका छन् । खैरहनी नगरपालिका ८ पर्सा बजार क्षेत्रमा गुल्मीका नारायण घर्तीको ९ लाख रुपैयाँ लुटिएको हो । भरतपुरको साइन रेसुंगा विकास बैंकबाट निकालेको रकम लुटिएको घर्तीले बताए । जग्गा खरिदको लागि खैरहनीकै एक व्यक्तिसँग सम्पर्क भएअनुसार घर्ती र उनका साथमा पदम घर्ती रकम लिएर खैरहनी आएका थिए ।

फोनमा भनेअनुसारको स्थानमा पुग्दा दुईजना व्यक्ति आएर रकम लिएको र लगत्तै भागेको पदम घर्तीले बताए । घटनाको बिषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक ऋषिराम घर्तीमगरले जानकारी दिए ।

२८ अर्ब बढीको सुन आयात

Previous articleयुवतीले मुख छोपेरै खोलीन् वास्तबिकता,जिता बराल काण्डको भयो पर्दाफास
Next articleपुण्य गौतम कु’टपि’ट का’ण्डमा संलग्न ३ युट्युवर गौशाला प्रह’रीको हि’रासतमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।