पुण्य गौतम कु’टपि’ट का’ण्डमा संलग्न ३ युट्युवर गौशाला प्रह’रीको हि’रासतमा

काठमाडौं । महानगरीय प्रहरी बृत्त गौशालाले कु’टपिटमा संलग्न ३ जना युट्युवरलाई पक्राउ गरेको छ । पुण्य गौतम नाम गरेका ब्यक्तिलाई हातपात गरेको र लछारपछार गरेको अभियोगमा उनीहरुलाई अनुसन्धानका लागि हिरासतमा राखिएको गौशाला प्रहरी वृत्त प्रमुख डिएसपी प्रदीपकुमार सिंहले जानकारी दिए ।

कुटपिट र लछारपछारमा संलग्न युट्युवरहरु सन्तोष सापकोटा, दिपेश श्रेष्ठ र कमल बस्नेतलाई पक्राउ गरिएको डिएसी सिंहले बताए । उनीहरुमाथि प्रमुख जिल्ला अधिकारीले हेर्ने अभद्र ब्यवहार अन्तर्गतको मुद्धा दर्ता गरिएको छ ।

केहीदिन अघि युट्युवरहरुको समूहले पुण्य गौतम नाम गरेका ब्यक्तिलाई आक्रमण गरेको भिडियो युट्युवमा सार्वजनिक भएको थियो । आक्रमणकारीहरु पत्रकार हुन् वा युट्युवर हुन् यसबारे अनुसन्धान गरिरहेहेको प्रहरीको भनाई छ ।

पछिल्लो समय कतिपय युट्युवरले आफूलाई पत्रकार दावी गर्दै घरायसी घर झगडाको भिडियो बनाएर युट्युवमा अपलोड गर्दै आएका छन् । सामुहिक रुपमा युट्युवर किन यसरी कुटपिटमा उत्रिए यसबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

रत्ननगरमा एमालेले टुङ्ग्यायो उम्मेदवार, विमला दुवाडी मेयर उपमेयरमा यादव पाठक

Previous articleचितवनको पर्सा बजारमा दिउँसै लुटियो गुल्मीका मानिसको ९ लाख
Next articleसे’क्स टोयको माग ह्वात्तै बढ्यो, गल्ली गल्लीमा हुन थाल्यो व्यापार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।