चिन बाट मगाईएको मेडिकल सामाग्रीमा करोडौ घो,टाला ! भिडियो सहित

0
50

काठमाडौ । चिनको गोन्जाउमा १५ बर्ष देखि व्यापार गरिरहेका नवीन बिकले आफ्नो फेसबुकबाट स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई खुला-पत्र पठाएका छन् । चिनबाट ल्याएको मेडिकल सामग्रीमा करोडौं भ्रष्टाचार भएकोले ३ करोड नेपालीको स्वास्थ्य र तिनका जिन्दगी र भबिस्य संग खेलवाड गर्नु भएको छ, पत्रमा उल्लेख छ । हेर्नु होस नवीन बिकको पत्र …

माननीय स्वास्थ्य मन्त्री श्री भानुभक्त ढकालज्यु,
स्वास्थ्य मन्त्रालय, काठमाडौ, नेपाल

म नबिन बिक, बिगत १५ बर्ष देखी चीनको गोन्जाउ शहरमा अन्तराष्ट्रीय ब्यापार गर्दै बसेको छु, म एनआरएनए को केन्द्रीय सदस्य पनि हु, मैले अहिलेको स्थितिमा केही नबोलीकन चुपचाप बस्न सकिन , त्यसैले केही कुराहरु लेख्दैछु,

देशमा यस्तो महामारी फैलिदै गरेको र देश पुरै ठप्प भएको अवस्थामा हजुरले चीनबाट जसरी तुरुन्तै सामान झिकाएर नेपाल भित्र्याउने निर्णय गर्नु भयो त्यो जस्तो सराहनीय र पबित्र काम स्वास्थ्य मन्त्रालयको ईतिहासमा सायदै अरु कुनै हुन्थ्योहोला तर आज ठीक त्यसको बिपरीत यो जत्तिको निच, अपबित्र र घृणृत काम तपाई र तपाईको मन्त्रालयबाट सायदै पहिला भएको छ।

यो पाप तपाईले रुद्री चन्डी सप्ताह वा तुलादान जे गरे पनि तपाईको सात पुस्तालाई पोल्ने कुरामा कुनै दुईमत छैन किनकी तपाईले ३ करोड नेपालीको स्वास्थ्य र तिनका जिन्दगी र भबिस्य संग खेलवाड गर्नु भएको छ ।

नविन विकले फेसबुकमा राखेको जानकारीलाई आधार मानेर अमेरिकी डलर १ बराबर नेपाली १२० राखेर हिसाव गर्दा ५ वटा सामानमा मात्रै ५४ करोड ५३ लाख ४३ हजार ३ सय २० रुपैयाँको कमिसन चक्कर देखिन्छ ।

के कोरोना भाईरस कुकुर बाट मानिसमा सर्छ ? यो पनि पढ्नुहोस् !

कोरोना टेस्ट गर्ने पिसिआर किटमा मात्रै १४ करोड ? चश्मामा १५ करोड? गाउनमा मात्रै ११ करोड? मैले त यहा केवल केही सामानको मात्र आँकड़ा छुट्याएको छु, बाँकी त कति छन छन, किन यस्तो गर्नु भयो ? मन्त्रीज्यु?

नेपालको कुनै पनि संघसंस्था र प्रदेश सरकारले यी समानहरु मगाउन परेमा म निम्नलिखित मुल्यमा सामान दिन तयार रहेको छु।मेरो सम्पर्क नम्बर +86 18620758858 व्हाट्सअप, विच्याट
Email: Fivestargrouplimited@hotmail.com

कृपया कालोबजारी र यै हो मौक़ा भनेर मौक़ा छोप्नीहरुले सम्पर्क नहर्नुहोला ।

भिडियो हेर्नुहोस

सुनको मूल्य तोलाको ९९ हजार

Previous articleआज २०७६ साल चैत १४ गते शुक्रबार, आजको तपाईको दिन कस्तो छ? (रा’शि’फल)
Next articleलकडाउनमा मेला, ४ हजारको भीड, झडप हुँदा १२ घाईते