काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नवगठित जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले नागरिक अगुवाहरूलाई टपरे बाहुनको संज्ञा दिएका छन् । बुधबार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा. भट्टराईले नागरिक समाजका अगुवाहरूप्रति तीव्र आक्रोश व्यक्त गरेका हुन् । हिजो मात्रै नागरिक समाजका दस जना अगुवाहरूले वर्तमान समयमा सरकार परिवर्तनको कुरा प्रधानमन्त्री ओलीले ल्याएका पछिल्ला दुई अध्यादेश जत्तिकै अप्रासंगिक रहेको बताएका थिए । उनीहरूले संकटको घडीमा सबैले सरकारलाई साथ दिनुपर्ने समेत बताएका थिए ।
सोही सन्दर्भमा पूर्वप्रधानमन्त्री भट्टराईले बुद्धिजीवीहरूले शासकको स्वस्ति गरेको आरोप लगाउँदै यस्तो प्रवृत्तिलाई गाउँले भाषामा टपरे बाहुन भनिने भन्दै व्यंग्य गरेका हुन् । त्यस्तै नागरिक अगुवाले शासकलाई खबरदारी गर्नुपर्ने समेत उनको कथन छ ।
डा. भट्टराईले लेखेका छन्, ‘शासकको दीर्घायु निम्ति स्वस्तिवाचन गर्ने र दक्षिणा ग्रहण गर्नेलाई विद्वत् भाषामा पुरोहित र ग्राम्य भाषामा टपरे बाहुन भनिन्छ ! तर कतै पनि र कहिल्यै पनि नागरिक अगुवा भनिन्न । नागरिक अगुवाले सधैँ शासकलाई खबरदारी गर्छ चाकरी हैन ! पवित्र नागरिक अगुवा पदावलीलाई नागरिक ह…वामा भ्रष्टीकरण नगरियोस् !
शासकको दीर्घायूनिम्ति स्वस्तिवाचन गर्ने र दक्षिणा ग्रहणगर्नेलाई विद्वत्भाषामा पुरोहित र ग्राम्यभाषामा टपरे बाहुन भनिन्छ!तर कतैपनि र कहिल्यै पनि नागरिक अगुवा भनिन्न।नागरिक अगुवाले सधैं शासकलाई खबरदारी गर्छ चाकरी हैन!पवित्र नागरिक अगुवा पदावलीलाई नागरिक ह..वामा भ्रष्टीकरण नगरियोस्!
— Baburam Bhattarai (@brb1954) April 30, 2020
चिनियाँ राजदूत यान्छीद्वारा नेकपा नेताहरूसँग छुट्टाछुट्टै भेट
१९ वैशाख, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूसँगको भेटलाई तीव्रता दिएकी छन् । यान्छीले शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेटवार्ता गरिन् । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि चीनले गरेको सहयोगका लागि धन्यवाद दिँदै थप सहयोगका लागि आग्रह गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

प्रचण्डलाई भेटे लगत्तै यान्छी नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेकी थिइन् । नेकपा विदेश मामिला विभाग प्रमुखसमेत रहेका नेता नेपाल र यान्छीबीच दुई देशबीचको घनिष्ठ सम्बन्धका विविधि पक्षमा छलफल भएको विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
यान्छीले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेकी थिइन् । नेकपामा अन्तरविरोध चर्किएका बेला यान्छीको भेटलाई अर्थपूर्ण मानिएको छ ।
कर्णालीका १५ पालिकामा स्थानीय तह पूर्वाधार कार्यक्रम सञ्चालन हुने




