जेनजी आन्दोलनमा भाटभटेनीबाट आइसक्रिम चोर्ने शिक्षक बर्खास्त

Click Image

रुपन्देही । जेनजी आन्दोलनको नाममा बुटवलको भाटभटेनीमा आइसक्रिम चोरेको प्रमाण सार्वजनिक भएपछि बुटवलको कालिका मानवज्ञान स्कुलले यहाँ अध्यापन गराउने शिक्षक शिवशंकर शुक्लालाई कारबाही गरी निष्कासन गरेको छ ।

शुक्रवार मात्रै उनी संलग्न भएको फोटा सार्वजनिक भएको थियो ।

विद्यालयका प्राचार्य दिनेश थापाले भदौ २४ गते जेनजी को प्रदर्शनमा आफ्नो विद्यालयका शिक्षक शिवशंकर शुक्ला सहभागी भई बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केटमा भएको अनियमिततामा संलग्न रहेको देखिएकाले विद्यालयको आचरण संहिता तथा नियम विपरीत कार्य गरेको ठहरिएकाले आजैका मितिबाट लागू हुनेगरी हटाइएको जनाएका छन् ।

Previous articleबाँके सुधार केन्द्रमा रहेका बालकहरूबीच झडप हुँदा ५ जनाकाे मृत्यु
Next articleरविले भने- ‘अब चाहिँ अन्याय हुँदैन भन्ने आशा सहित म कारागार फर्कँदैछु’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।