एक महिनादेखि श’व विदेशमै, नेपालमा श्रीमती र आमाको रो’दन
उदयपुर : उदयपुरको एक परिवार एकमहिनादेखि शो’कमा डुबेका छन्। कोरोना संक्रमणका बेला युएईको आबुधावीमा दुर्घटनामा ज्यान गु’माएका परिवारका सदस्यको श’व ल्याउन सक्ने अवस्था नभएपछि महिनादिनदेखि परिवारले रु’दैं दिन काटिरहेका छन्। कटारी २ खोक्साका ४० वर्षिय टुकबहादुर बुढाथोकीको गएको चैत्र २३ सडक दु’र्घटनामा परी ज्यान गएपछि परिवार लकडाउन खुल्ला र श’व ल्याएर दा’हसं’स्कार गरौंला भन्ने पर्खाइमा छ।
एकमहिनादेखि श्रीमानको श’व’ विदेशमा अल’पत्र परेपछि श्रीमति पुष्पा कुमारी खड्काको अवस्था द’यनिय बनेको छ। एकोहोरो हुने एक्लै रु’ने र वस्ने गरेकी छिन्। श्रीमानको दुर्घ’टनामा मृ’त्यु भएपनि श’व ल्याउन र अन्यत्र आउजाउ गर्न समस्या भएपछि पुष्पाको अवस्था समेत द’यनिय बन्दै गएको हो। कृषि मजदुरका रुपमा २०७५ असारमा वैदेशिक रोजगारीमा गएका बुढाथोकीको दु’र्घटनामा ज्यान ग’एपछि कोरोना संक्रमणका कारण उनको श’व ल्याउन सक्ने अवस्था नभएपछि रु’दैँ दिन विताउनुको वि’कल्प नरहेको मृत’कका दाजु कृष्णबहादुर बुढाथोकीले बताए।

अहिले श’व ल्याउन सक्ने अवस्था नभएको समयमा बुढाथोकीलाई पठाउने अञ्जली ओभरसिजले भने आबुधावीमै दा’हसंस्कार गर्ने भन्दै मञ्जरी हुन परिवारलाई द’बाब दिइरहेको छ। परिवारले भने अन्तिम पटक श’ब हेरेर आफ्नै सं’स्कार अनुसार घरमै दा’हसं’स्कार गर्ने बताइरहेका छन्। मृत’क छोराको श’व हेर्ने अन्तिम ईच्छा सहित एकमहिनादेखि ६५ वर्षिय आमा तोपकुमारी बुढाथोकीले रो’एरै दिन विताइरहेकी छिन्। प्रालिले बताए अनुसारको पारिश्रमिक नपाई कृषि मजदुरमा काम लगाएको उनको श्रीमति पुष्पा कुमारी खड्का बताउँछिन्।


