चितवनमा फेरी देखियो कोरोना: भारतबाट आएका वृद्ध दम्पतीमा देखियो संक्रमण

चितवनमा फेरी देखियो कोरोना: भारतबाट आएका वृद्ध दम्पतीमा देखियो संक्रमण

९ जेठ, चितवन । भारतबाट आएका तीन जनालाई चितवनमा गरिएको कोरोना परीक्षणमा संक्रमण पुष्टि भएको छ । तीन जनामध्ये दुइ जना चितवनका हुन् भने एक जना नवलपरासीका हुन् । भरतपुर महानगरपालिका वडा नं. ६ केशरवागका दुई वृद्ध दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु भारतबाट चितवन आई क्यान्सरको उपचार गराएर फर्किएको जनाइएको छ ।

कोरोना संक्रमण भएका पुरुष ७४ बर्षका छन् भने महिला ७३ बर्षकी छन् । उनीहरुसँगै भारत गएका छोरामा भने कोरोना संक्रमण देखिएको छैन । उनीहरु दुई साता अघि भारतबाट आएको खुलेको छ । उनीहरुलाई भरतपुर कोरोना अस्पतालमा राखिएको छ । उनीहरुको अवस्था उमेर अनुसार सामान्य नै रहेको अस्पतालले जनाएको छ । यस्तैं नबलपरासीको विनय त्रिवेणी गाउँपालिका वडा नं. ६ का एक ४३ बर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

उनको अवस्था पनि सामान्य छ । उनी भारतबाट नेपाल आएका थिए । भरतपुर कोरोना प्रयोगशालामा बिहीबार गरिएको १३१ परीक्षणमध्ये तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । चितवनमा अहिलेसम्म गरिएका परीक्षणमा ६ जनामा कोरोना संक्रमण देखिएको छ । यी मध्ये चार जना चितवनका हुन् भने दुई जना नवलपरासीका हुन् ।चितवनमा संक्रमित दुई आमा छोरा निको भएर घर फर्किसकेका छन् । सुवास पण्डित/ अनलाईन खबर

आलापोटका किसानहरूलाई पाडा वितरण

Previous articleभारतियले नेपाली सरकारी वेबसाईट ह्याक गरेपछि नेपाली युवाहरुको काउन्टर अट्याक: भारतीय वेबसाइट ह्याक गरेर नेपाली राष्ट्रिय गान
Next articleघ’ना मानव ब’स्ती माथी जहाज दुर्घ’टना हुँदा ९८ जनाको ज्या’न गयो (ला’ईभ भि’डियो सहित)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।