सरकार !! म बाटोमा मागेको पैसाले खबुस खाएर प्राण धान्दै छू, तिमीले तोकेको ४ गुणा महँगो टिकट म कसरी किनौ??

0
93

सरकार !! म बाटोमा मागेको पैसाले खबुस खाएर प्राण धान्दै छू, तिमीले तोकेको ४ गुणा महँगो टिकट म कसरी किनौ??

अरु सामान्य बेलामा सधै काममा जोतीइरहने यो ज्यान यतिबेला अरबको एउटा पुल मुनि कार्टुन ओछ्याएर लडिरहेको छ ! विगत ३ महिना देखि यसरी बसिरहेको म सुरुसुरुमा निकै पट्यार मान्थे ! तर आजकल यो पुल मुनिको बास मलाई बानी परिसकेछ क्यार, जाबो दिन त सडकमा कुदेका गाडी गनेकै भरमा बिताई दिन सक्छु ! बुढी आमा, श्रीमती अनि बालबच्चाको मुख हेर्दै भिडियो कल् गर्ने रहर जागेपछि ३२० रियल तिरेर किनेको यो सामसुंग मोबाईल खेलाउंदै आफ्ना २/४ शब्द कोर्दै छु!

 

असि हजार ऋण काढेर परदेशिएको म कोरोना महामारी संगै सडकमा आईपुगेको छु! काम पनि राम्रै थियो, कमाई पनि ठिकै, ! महिनाको ९००/१००० रियाल कमाउनु लाख बराबर नै थियो! त्यति कमाई रहेको नै थिए, अझै कुनै महिना त ओभरटाईम गरेर महना मकै १२००/१३०० सम्म पनि कमाएँ ! उता परिवार खुसि यता म खुसि ! तर मेरो खुसि लामो समय टिक्न सकेन! चाईनिज भाईरसले मेरो सबै संसार भत्काउँदै छ ! १० घण्टा काम गरेर एसीको चिसोमा सुस्ताउने म आज सडकको पेटीमा आइपुगेको छु !

यो सडकमा म मात्र हैन म जस्तै अरु पनि छन् ! उनीहरुको र मेरो पिडा एकै हो! तपाईलाई लाग्ला यस्तो दुख पाए पछी दुताबासमा सम्पर्क पो गर्नु पर्छ त ! त्यो पनि गरेकै हो, तर कतै सुनुवाई भएन! सायद म जस्तै बिचल्लीमा परेका मानिस  धेरै भएर  हामीलाई समय दिन नभ्याएको होला! मेरो स्पोन्सर को हो म आफैलाई थाहा छैन! एउटा पाकिस्तानी ठेकेदार संग काम गर्दै आईरहेको थिए! सबै तिर काम ठप्प भएपछी हाम्रो काम पनि ठप्प भयो! कमाएको सबै पैसा घर पठाई सकेको थिए!

परदेशीले खल्ती रित्तो बनाएर कहिले बस्न नहुने रहेछ ! कुन बेला कस्तो आपत आईपर्ने हो ठेगान नहुने रहेछ ! आज बेलैमा बुद्दी नपुर्याउदा आफैले दुख पाएको छु ! बन्द भएको ५० दिन सम्म त नजिकैको बगाला बाट उधारो ल्याएर खाईरहेको थिए! त्यसपछि न खल्तीमा पैसो रह्यो न उधारो खाने बाटो खुला रह्यो ! त्यसैले आज पुलिस बाट लुक्दै, बाटोको सिग्नलमा बसेर मागेको रियालले खुबुस पानी किनेर पेट भरिरहेको छु ! तर चिन्ता छैन अब त खुजर फल्न थालेको छ ! जुलाई मा त खजुर पाक्छ अनि त्यसैले पेट भरौला !

रिमोट वाला कार ल्याईदिन्छु है भन्दै भिडियो कलमा ‘ चुप्पा’ खाएको छोरो संग आजकल म बोल्न सक्दिन! किन कि उसको मुख हेर्न म आफ्नो देश फर्किन पाउँछु जस्तो मलाई लागेको छैन! ति बुढी आमालाई आफ्नो यस्तो बिचल्लीको बारेमा के बताउनु, ” म ठिकै छु आमा, आफ्नो ख्याल राख्नु, पिडि बाट तल ओर्लिन पर्दैन, नाति खेलाएर घरमै बस्नु, काम धन्दा बुहारीलाई जिम्मा दिनु ” भन्दै सम्झाउछु! कहिलेकाही बोल्दा बोल्दै मुटु बटारिन्छ, नेटले काम गरेन भन्दै फोन राखिदिन्छु !

विदेशमा अलपत्र नेपालीलाई सरकारले उद्धार गर्छ भनेको सुनेर खुशीको सिमा नै रहेन ! यदि उद्धार गरेर घर पुर्याईदियो भने प्रधानमन्त्रीको फोटो घरमा लगेर टास्छु जस्तो लागेको थियो! जानी नजानी फारम पनि भरेर पठाएको थिए! तर मेरो दाँतमा अस्ति देखि ढुंगा ठोक्किएको जस्तै भएको छ! सरकारले उद्धार गर्ने भाडा तोकेको देखेपछी म छाँगा बाट खसेको जस्तै भएको छु ! २०-२२ हजारको टिकटलाई ५१/५२ हजार तोकेको देखेपछी गाउँको खोरिया खोस्रेर खाने सपना भताभुङ्ग भए जस्तो लाग्दै छ !

ट्राफिकको सिग्नलमा बसेर मागेको भरमा कसरी त्यत्रो पैसा जम्मा गर्ने र घर जाने ? कोरोनाको लागी सरकारले १० अर्ब खर्च गर्यो रे भनेको सुन्छु, मेरो एउटा टिकट काटिदिएको भए ? राष्ट्रपति निवासमा मा फेरिने कार्पेटको पैसाले म जस्तै कतिको टिकट किन्न पुग्थ्यो होला? मन्त्री निवासमा बन्ने जिम खानाको पैसाले कति प्लेन चार्टर गर्न पुग्थ्यो होला ? म यस्तै सोचेर दिन काट्छु अचेल! मलाई माफ गर सरकार तिमीले तोकेको पैसा मैले यो जुनीमा जम्मा गर्न सक्छु जस्तो लाग्दैन ! ( सामाजिक संजालमा भेटिएको)

गोठालो जाँदा भेट्टाएको बम खेलाउँदा पड्किएर दुई बालिकाको मृत्यु, तिन बालबालिका गम्भीर घाइते

Previous articleसबै भारतीय चेली सरिता गिरि जस्तै हुदैनन्: यो मन त मेरो नेपाली हो मा नाच्दै हिमानी ( भिडियो )
Next articleभारतीयले स-श’स्त्रको ह’तियार खोसेपछि १५ रा’उण्ड गो’लि चल्यो, केहि घा’ईते एकको मृ’त्यु