Home ताजाखबर प्रेम राईलाई राजीनामा गर्न जेनजीको दबाबपछि अख्तियार कार्यालय बाहिर विशेष सुरक्षा

प्रेम राईलाई राजीनामा गर्न जेनजीको दबाबपछि अख्तियार कार्यालय बाहिर विशेष सुरक्षा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग अगाडि सुरक्षाकर्मीको संख्या बढाइएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका एक प्रहरी अधिकृतका अनुसार अख्तियार अगाडि सुरक्षाकर्मीको संख्या बढाइएको हो । जेन–जी समूहले अख्तियारका प्रमुख आयुक्त र आयुक्तहरूको राजीनामा माग गरिरहेका बेला सुरक्षा सतर्कता बढाइएको हो ।

राजीनामा नदिए अख्तियार अगाडि प्रदर्शन गर्ने चेतावनी जेनजी समूहले दिएका थिए । जेनजी समूहले राइमाथि राजीनामा गर्न इमेलमार्फत् दबाब दिएका छन् । जेनजी समूहले अख्तियार प्रमुख राई नक्कली भुटानी शरणार्थी तथा वाइडवडी खरिदलगायत विभिन्न भ्रष्टाचार काण्डमा मुछिएको आरोप लगाएको छ ।

‘चयनमुखी अनुसन्धान’ गरेको भन्दै राइमाथि अनुसन्धान गर्नुपर्ने विशेष अदालतको आदेशलाई समेत आधार बनाएर जेनजी समू्हले राजीनामा गर्न राईलाई दबाब दिएको थियो । केपी शर्मा ओली प्रधानमन्त्री रहेको समयमा अध्यादेशमार्फत् गरिएको नियुक्ति संविधानसम्मत् नभएको जेनजीको दबाब पत्रमा उल्लेख छ ।

राजीनामा नगरे कार्यालयमै उपस्थित भएर दबाब दिने जेनजी समूहको चेतावनीपछि अख्तियार कार्यालय बाहिर विशेष सुरक्षा बढाइएको हो ।जेनजी समूहले राजीनामा गर्न आग्रह गर्दै आजै राईलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् ।

Previous articleधादिङमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ
Next articleओली र लेखकलाई पक्राउबारे मध्यरातसम्म बालुवाटारमा छलफल, प्रहरीले माग्यो लिखित आदेश
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।