धादिङमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

Click Image

धादिङमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। त्रिपुरासुन्दरी गाउँपालिका-५ थापाकटेरीमा ५५ वर्षीया राममाया कँडेलको हत्या भएको छ।

राममायाको हत्या आरोपमा प्रहरीले उनकै ३० वर्षीय छोरा यमबहादुर कँडेललाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालका अनुसार यमबहादुरले धारिलो हतियार प्रहार गरी आमा राममायाको हत्या गरेको आरोप छ।

हत्या गरेको खबरपछि जिल्लाबाट डिएसपी प्रकाश दाहालको टोली घटनास्थलमा खटिएको थियो। टोलीले यमबहादुरलाई हतियारसहित पक्राउ गरेको थियो।

Previous articleजेन–जी प्रदर्शनका क्रममा कारागारबाट फरार कैदीबन्दी सम्पर्कमा आएनन्, आज साँझसम्मको समय
Next articleप्रेम राईलाई राजीनामा गर्न जेनजीको दबाबपछि अख्तियार कार्यालय बाहिर विशेष सुरक्षा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।