होसियार !!! नेपाल जाने टिकट मिलाइदिन्छु भन्दै ठग्न सक्छन, विचार गरौ र दूतावासको मात्र भर परौ
उज्यालो नेपाल, जेठ १३- के तपाईँ परदेशबाट नेपाल फर्किने आशामा हुनुहुन्छ ? के तपाईं अहिले अप्ठ्यारोमा हुनुहुन्छ ? तपाईंको अप्ठ्यारो कसैलाई पैसा कमाउने माध्यम बम्न सक्छ। विदेशमा नेपालीबाट नेपाली नै ठगीएको उदाहरण धेरै छ। तपाईँलाई कसैले नेपाल जाने टिकट काटिदिन्छु, दूतावाससग मिलेर अरुको भन्दा पहिले नेपाल जने प्रक्रिया मिलाईदिन्छु भन्दै फोन गरेमा सचेत हुनुहोला ।
तपाईँले नेपाल फर्किन दूतावासको फारम भर्नुभएको छ र प्राथमिकतामा पर्नुभएको छ भने तपाईँलाई दूतावासले उडान र टिकट लगायतका बारेमा फोन गरेर आधिकारिक जानकारी दिनेछन् । दूतावासको हवाला दिँदै कसैले फोन गरेमा दूतावासमा जानकारी गराउन र ठगीबाट जोगिन दूतावासहरुले अनुरोध गरेका छन् ।


तपाईँलाई कसैले त्यस्तो प्रलोभन देखाएका आफू रहेको देशमा रहेको नेपाली दूतावासमा इमेल, फोन वा अन्य माध्यममार्फत जानकारी गराउन सकिन्छ । दूतावास, नेपाल सरकार र विभिन्न देशबीको समन्वयमा उद्धार हुने रसमस्याका बेला विभिन्न व्यक्तिबाट ठगी हुन सक्ने हुँदा यसतर्फ सचेत हुन अनुरोध गरिएको छ । त्यसैले यस्तो बेला दूतावासको आधिकारिक जानकारीलाई नै आधार मान्नुपर्छ ।

आज ६ देशबाट १५ शव सहित १३ सय १० नेपाली स्वदेश फर्किए (सुची सहित)
आज विभिन्न देशबाट ८ उडानमार्फत १३ सय १० नेपाली स्वदेश फर्किएका छन् । कतारको दोहाबाट कतार एअरवेजको चार्टर्ड उडानमार्फत पाँच बच्चासहित ३८४ जना, हङ्कङबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत १ बच्चासहित ८१ जना, यूएईको दुबईबाट १४६ जना, साउदीको दमामबाट हिमालय एअरमार्फत १५४ जना, साउदीकै रियादबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २५४ जना र कुवेतको जजिरामार्फत ८१ जना नेपाली स्वदेश आइपुगेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । साउदीको रियादबाट १५ नेपालीको शव पनि ल्याइएको छ ।

यस्तै अस्ट्रेलिया मेलवर्नबाट दुई बच्चासहित २१० जना स्वदेश फर्किएका त्रिभुवन विमानस्थलले जनाएको छ । आज विमानस्थलमा नेपाली ल्याउन र लिन जान गरी ९ वटा अन्तर्राष्ट्रिय उडान भएको छ भने आन्तरिकतर्फ ६ उडान भएको छ । भोलि पनि विभिन्न देशमा नेपाली लिन जाने उडान तालिका रहेको छ । भोलि नेपाल एअरलाइन्सको जहाज नेपाली लिन कतारको दोहा र मलेसियाको क्लालाम्पुर जानेछ भने हिमालय एअरलाइन्सको जहाज पनि मलेसियाको क्वालालाम्पुर जानेछ ।
मापसे गरेर झगडा गर्ने कलाकार पवन खतिवडा ‘म्याकुरी’ प्रहरी नियन्त्रणमा


