सलह बेचेर बुटवलका अच्युत र सविनाले पाए १७० रुपैयाँ

१४ असार, काठमाडौं । शनिबार नेपालमा सलह प्रवेश गरेपछि प्रदेश ५ सरकारले भनेको थियो, ‘यो किरा टिपेर ल्याउनुस्, किलोको २० रुपैयाँ नगद प्रोत्साहन दिन्छौं ।’ नभन्दै आइतबार सलह बोकेर दुई बालबालिका बुटवल उपहानगरपालिकाको वडा नम्बर ४ को कार्यालयमा पुगे । लक्ष्मीनगरका अच्युत न्यौपानेले बोरामा उठाएर ल्याएको सलह ५ किलो र सविना थारुले प्लास्टिकको झोलामा हालेर ल्याएको सलह साढे ३ किलो रहेछ ।

बुटवल–४ का वडाध्यक्ष टंकप्रसाद पराजुली भन्छन्, ‘पानी परेपछि रुखमा बास बसेका सलह भुइँभरि खसेको थियो, बढारेर थुप्रो लगाउन सकिन्थ्यो । केटाकेटीहरूले टिपेर ल्याएका रहेछन् ।’ पराजुलीले अच्युत र सविनाले ल्याएको सलह किनिदिनु भनेर सिफारिस बनाएर उपमहानगरपालिकाको कार्यालयमा पठाए ।

वडाको सिफारिसअनुसार न्यौपानेलाई १०० रुपैयाँ र थारुलाई ७० रुपैयाँ दिएको उपमहानगरका वरिष्ठ अधिकृत तथा आर्थिक विकास महाशाखा प्रमुख भुवाप्रसाद लुइँटेलले जानकारी दिए । सलह भने कुखुरापालक किसानलाई दिइएको छ ।  वडा नम्बर ४ का वडाध्यक्ष पराजुलीका अनुसार जम्मा भएको सलह सय रुपैयाँ किलोका दरले किन्छौं भन्दै केही व्यक्तिले सम्पर्क समेत गरेका थिए । ‘मासु खानेहरुले किलोको सय रुपैयाँसम्म दिन्छु भन्दै मागेका थिए’ उनले भने । अनलाईनखबर बाट 

स्कटल्यान्डमाथि नेपालको सनसनीपूर्ण जित, सिरिज क्लिन स्वीप

Previous articleचितवन आइपुग्यो सलह कीरा
Next articleसाउदी बाट ३० जुनमा हिमालय एअरलाइन्सको पाँचौ चार्टर्ड उडान बाट नेपाल फर्कनेलाई अत्यन्त जरुरी सुचना, नाम लिस्ट पनि आयो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।