साउदी बाट ३० जुनमा हिमालय एअरलाइन्सको पाँचौ चार्टर्ड उडान बाट नेपाल फर्कनेलाई अत्यन्त जरुरी सुचना, नाम लिस्ट पनि आयो

उज्यालो नेपाल, जेठ ८- साउदी अरबको रियादमा रहेको नेपाली राजदुतावासले हिमालय एअरलाइन्सको पाँचौ चार्टर्ड उडान मार्फत नेपाल फर्कने नेपालीहरुको लागी अत्यन्त जरुरी सुचना जारी गरेको छ ! जुन ३० मा हुने उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा राजदूतावासले तयार गरी हिमालय एयरलाईन्सको दम्मामस्थित आधिकारिक सम्पर्क व्यक्ति समक्ष पठाइएको सुची पनि सार्वजनिक गरेको छ ! राजदुताबासको सुचना र उक्त नामावली हेरेर सबैको जानकारीको लागी अवश्य शे-यर गर्नुहोला !

मिति ३० जुन २०२०को राति हिमालय एयरलाईन्सले गर्ने पाँचौँ चार्टर्ड उडानबाट स्वदेश फर्कने नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना !!!

हिमालय एयरलाइन्सले साउदी अरबको दमामबाट यही मिति ३० जुन २०२० को राति दमाम-काठमाडौँ उडान गर्ने भएको छ । उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्रथमिकताका आधारमा राजदूतावासद्वारा तयार गरी हिमालय एयरलाईन्सको दम्मामस्थित कार्यलयमा पठाइएको छ ।उक्त सूचि यसै सूचनामा समेत संलग्न छ । सम्पुर्ण यात्रुहरुले कोभिड-१९ नेगेटिभको प्रमाणपत्र साथैमा राख्नुपर्ने छ ।

राजदूतावासबाट यस अघि विभिन्न मितिमा प्रकाशित गरेका सूचिमा नाम परेका तर हालसम्म स्वदेश फर्की नसकेकाहरु स्वदेश नफर्किँदासम्म प्राथमिकता सूचिमै रहने सम्बन्धित यात्रु तथा एयरलाईन्सलाई जानकारी गराइन्छ । हवाई भाडा दर: अमेरिकी डलर 465 (साउदी रियाल करिब १७४४.००) हवाई टिकटको लागि हिमालय एयरलाईन्सको दम्मामस्थित प्रतिनिधि श्री सुवास तिमिल्सिना, टेलिफोन नं +00966 598400198 ईमेल ठेगाना: subash.timilsina@himalaya-airlines .com मा सम्पर्क गरी टिकट बुकिङ गरेपछि मात्र कोभिड-१९ टेष्ट गर्नुहोला ।

 

अन्य विषयमा कुनै सहयोग आवश्यक भएमा यस राजदूतावासका जनसम्पर्क अधिकारी श्री हरि घिमिरे (Mob. No. 0500081536) लाई सम्पर्क गर्नुहुन समेत अनुरोध छ। COVID-19 को परीक्षण सकभर आफ्नो कम्पनीमार्फत् गर्ने व्यवस्था गर्नुहुन अनुरोध छ । सो सम्भव नहुनेहरुले आफूलाई थाहा भएको वा पायक पर्ने स्थानमा परीक्षण गर्नुहुन र सो समेत सम्भव नभएमा परीक्षणका लागि निम्न स्थानमा सम्पर्क गर्नु हुन अनुरोध छ ।

Dammam

Health Care Polyclinic (CR No. 2050110244)
Rihan Hajiameen, Operation Manager
Address: 17th Street Al-Souq, Opp to Islamic Dawah Center,
Dammam 32242 KSA
परीक्षण शुल्क: SAR 160.00

Jubail

Gulf Asian Medical Center
(Department of Laboratory Medicine)
Email: info@ gulfasianhealthcare . com
Website: www.gulfasianhealthcare.com
Address: King Abdulaziz Road, P.O.box1714,
Jubail City 31951, KSA
परीक्षण शुल्क: SAR 132.00

  • यात्रुले निर्धारित उडान समय तालिकाभन्दा ४ घन्टा अगावै विमानस्थलमा उपस्थित हुनुपर्ने छ ।
  • स्वदेश फर्किने सबैजनाले काठमाडौँ विमानस्थलमा कोरोना संक्रमण नियन्त्रण सम्बन्धी नेपाल सरकारले निर्धारण गरेको क्वारेनटाईन लगायत सम्पूर्ण प्रावधानहरु पालना गर्नेछु भनी कागजातमा हस्ताक्षर गर्नुपर्ने छ ।

नेपाली राजदूतावास, रियाद । १४ असार २०७७

प्राथमिकताको आधारमा तयार गरिएको नामावली

माधवपुर माविमा ट्राफिक नियम तथा लागूऔषध न्यूनिकरण सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

Previous articleसलह बेचेर बुटवलका अच्युत र सविनाले पाए १७० रुपैयाँ
Next articleतिर्सना बुढाथोकीको अर्को हर्कत, ना’ङ्गो स्त’नमा नेपालको झण्डा बेरेपछी आलोचित (भिडियो)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।