Home चितवन सेरोफेरो चितवनमा पर्यटक बसले ठक्कर दिँदा एक जनाको मृत्यु

चितवनमा पर्यटक बसले ठक्कर दिँदा एक जनाको मृत्यु

चितवन, असोज ३०– नारायणघाट–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–१ रामनगरमा पर्यटक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

आज दिउँसो मुग्लिङबाट नारायणघाटतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००१ प १६८४ नम्बरको पर्यटक बसले बिपरित दिशाबाट आउदै गरेको ग २० प ८५५९ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक गोरखा साबिक छोप्राक गाविस–२ बस्ने वर्ष ४० का दामोदर घिमिरे गम्भिर घाइते भएका थिए ।

चितवन मेडिकल कलेजमा उपचारको क्रममा दिउँसो १ः२३ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको थियो ।

प्रहरीले बस र बस चालक धादिङ सिद्धालेख गाउँपालिका–३ बस्ने वर्ष ३६ को सन्तोष थापा मगरलाई नियन्त्रणमा लिएको छ ।

Previous articleकैलालीमा एक युवकको बीभत्स हत्या, टाउको बोकेर प्रहरीमा पुगे २ जना
Next articleखैरहनीमा ‘तिहार म्युजिक फेस्ट–भोल्युम ८’: रकहेड्स, कटाव र क्रिशाला हुँदै दर्शना, दया र जेम्सीको धमाकेदार प्रस्तुति रहने ।
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।