चितवनमा पर्यटक बसले ठक्कर दिँदा एक जनाको मृत्यु

Click Image

चितवन, असोज ३०– नारायणघाट–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–१ रामनगरमा पर्यटक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

आज दिउँसो मुग्लिङबाट नारायणघाटतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००१ प १६८४ नम्बरको पर्यटक बसले बिपरित दिशाबाट आउदै गरेको ग २० प ८५५९ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक गोरखा साबिक छोप्राक गाविस–२ बस्ने वर्ष ४० का दामोदर घिमिरे गम्भिर घाइते भएका थिए ।

चितवन मेडिकल कलेजमा उपचारको क्रममा दिउँसो १ः२३ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको थियो ।

प्रहरीले बस र बस चालक धादिङ सिद्धालेख गाउँपालिका–३ बस्ने वर्ष ३६ को सन्तोष थापा मगरलाई नियन्त्रणमा लिएको छ ।

Previous articleकैलालीमा एक युवकको बीभत्स हत्या, टाउको बोकेर प्रहरीमा पुगे २ जना
Next articleखैरहनीमा ‘तिहार म्युजिक फेस्ट–भोल्युम ८’: रकहेड्स, कटाव र क्रिशाला हुँदै दर्शना, दया र जेम्सीको धमाकेदार प्रस्तुति रहने ।
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।