चार्टर फ्याइट मार्फत जुलाई ११ मा दुवईबाट काठमाडौं आएका व्यक्तिको अनुभव; के गर्ने, के नगर्ने??

0
41

चार्टर फ्याइट मार्फत जुलाई ११ मा दुवईबाट काठमाडौं आएका व्यक्तिको अनुभव; के गर्ने, के नगर्ने??

उज्यालो नेपाल, असार २८- विगत केहि दिन देखि विभिन्न देशमा समस्यामा रहेका नेपालीहरुलाई उनीहरुकै खर्चमा जहाज चार्टर गरेर स्वदेश फर्काउने क्रम जारी छ! यसरी स्वदेश फर्कने तयारीमा रहेका नेपालीलाई चार्टर्ड जहाजमा फर्कंदा भोग्नु पर्ने समस्या के के हुन सक्छन, प्लेन चढ्ने एअरपोर्टमा कस्ता किसिमका समस्या आउलान, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल देखि क्वारेन्टिन स्थल पुग्नेबेला सम्म कस्ता कस्ता कुरा हुनेछ भन्ने कुरामा निकै अन्योल रहेको देखिन्छ!

त्यहि जिज्ञाशालाई सम्बोधन हुने गरि नेपाल एयराइन्सको चार्टर फ्याइट मार्फत जुलाई ११ तारीख दुवईबाट काठमाडौं आएका एक नेपाली ओम मगरले आफ्नो भोगाई र अनुभव यसरी राखेका छन् ! ( उनकै शब्दमा/ सम्पादन नगरिएको)

 

 

ओम मगर – सम्पूर्णमा नमस्कार अनि हार्दिक आभार । मेरो घर पोखरा हो र म नेपाल एयराइन्सको चार्टर फ्याइट मार्फत जुलाई ११ तारीख दुवईबाट काठमाडौं हुँदै पोखरा आएको हूँ । यति खेर विश्वलाई नै आतंकित बनाएको छ कोरोनाले । जसका कारण धेरै नेपालीहरु प्रदेशमा लामो समयदेखि बेरोजगार भएका छन् । कतिलाई खाना बस्न समेत धौ धौ परेको छ । कतिको हवाई टिकेट काट्ने पैसा समेत छैन प्रदेशी भुमिमा ।

 

कतिले पैसा भएर पनि आफ्नो मातृभूमि फर्किनका लागि हवाई टिकेट पाएका छैनन् । अनि कति भोक भोकै बस्नु परेको छ । कहीं कतै कुनै संघ संस्थाले सहयोग गर्छन् कि भन्ने आशामा छन् भने कति सरकारले फ्रीमा सहयोग गर्छ कि भन्ने आशा बोकेर बसेका छन् प्रदेशी माटोमा । केही नेपाली संघ संस्थाले धेर थोर भय पनि सक्दो सहयोग गरेका छन् । उनीहरूलाई हामीले उच्च कदर गर्नैपर्छ ।

यस्तो अवस्थामा पनि कोही महंगो मूल्यमा टिकेट बिक्री गर्न पल्केका छन् काला व्यापारीहरु । कतै महिना भरी पसिना बगाउँदै आधा तलब बुझ्न बाध्य छन्। यी यस्ता समस्याहरू जति भने पनि, जति लेखे पनि सकिदैन यहाँ । अनगिन्ती समस्या छन् अहिलेको अवस्थामा । यही सन्दर्भमा आज मैले केही सान्दर्भिक लेख लेख्न मन लाग्यो । जो अहिलेको यो परिस्थितिमा आफ्नो जन्म भूमि फर्कन चाहन्छ र केही कौतुहलता छ भने पनि म त्यसलाई थोरै भए पनि दुबाइदेखि काठमाडौं हुँदै पोखरासम्म यात्राको क्रममा देखेको भोगेको कुराहरू यहाँहरुलाई समक्ष पस्कने प्रयास गर्दै छु ।

 

दुबई एयरपोर्ट भित्र RDT अर्थात् FiT For Travel भनेर केही सामान्य चेक अप रगतको परीक्षण हुन्छ । त्यसपछि त्यहाँ चेक इन गरे पछि केही समय waiting मा राखिन्छ । plane चढनु अघि नै पानी, Dry food अर्थात् स्याउ, केक, किसमिस,बिस्कुट यी सबैको एउटा प्याकेट बनाएर तपाईंको seat बस्ने ठाउँमा नै राखेको हुन्छ । यस्तै एउटा फर्म पनि राखिएको हुन्छ । तपाईंले त्यो फर्म भर्नुभयो भने तपाईंलाई होल्डिङ सेन्टरमा भन्नलाई सजिलो हुन्छ । त्यो फर्म नेपाल embessy को लिंकमा पनि राखिएको छ ।

 

नेपालमा आए पछि काठमाडौं एयरपोर्टमा तपाईंको temperature बाहेक कुनै पनि मेडिकल चेक अप गरिँदैन । नेपाली सेनाको नेतृत्वमा तपाईँलाई तपाईँको आ-आफ्नो प्रदेश होल्डिङ सेन्टरमा लगिन्छ । यहाँ तपाईंलाई निशुल्क नेपाल टेलिकमको केही रकम सहित सिम कार्ड उपलब्ध गराइन्छ । जुन पासपोर्टको आधारमा त्यही निशुल्क फोटो खिचेर दिने गर्छन । त्यहाँ हल्का केही खाजा जस्तो र पानीको निशुल्क व्यवस्था गरिएको छ ।

 

अनि त्यहाँबाट आफ्नो खर्चमा सामान्य अवस्था भन्दा डबल ट्रीबाल चौबालसम्म महँगोमा गाडी भाडा तिरेर तपाईंको क्षेत्र, जिल्ला लैजाने व्यवस्था गरेको हुन्छ । त्यसपछि आफ्नो वडासँग समन्वय गरेर home queritine वा hotel queritine मा जाने वा सरकारी queritine मा जाने भन्ने आफ्नो वडा अध्यक्ष वा प्रतिनिधिसँग छलफल गरेर कहाँ राख्ने भन्ने कुरा निधो हुन्छ । म पनि PCR गरेर आएको हो तर वरपरका छरछिमेकी ले थोरै भए पनि संका उपशंका गर्ने भएकाले उनीहरूको संका उपशंकालाई चिरफार गर्न भए पनि यतिखेर म पनि सरकारी क्यारिन्तिन अन्तर्गतको कै पोखरा ५ मालेपाटनमा रहेको पश्चिमाञ्चल कृषि तालिम केन्द्रको क्वारेन्टाइनमा छु ।

 

यहाँ पनि अरू थुप्रै देशबाट आएका नेपालीहरू छन् । यहाँको व्यवस्था पनि राम्रो छ । बिहान बेलुकाको खाजा खाना सँग सँगै मिनिरल बोतलको पानी पनि आउँछ । Attached bathroom सहितको कोठा छ । फ्यान छ । एक कोठामा बढीमा २ जनासम्म मात्र छन् । अहिले म भने एक्लै रुममा बसेको छु । Fan पनि छ । टेबल छ । २४ सैं घण्टा बिजुली पानी छ । वरपर हरियाली दृश्यहरु छन् । पढ्नलाई थुप्रै सकारात्मक ऊर्जा दिने किताबहरू पनि छन् ।

गज्जबको छ । त्यसै गरी आज PCR पनि चेक हुँदैछ । यी सब कुराहरू फ्री नै हुन् । यसरी हेर्दा बाहिर जुन एक खालको भ्रम छ नी सरकारी क्वारेन्टाइन राम्रो छैन । यसो भएन उसो भयन भन्ने खालको मैले पाईन । मात्र एक खालको भ्रम देखेँ जुन सरसर गलत छ । कोरोना भाइरस लाग्दै नलागेको व्यक्तिलाई पनि भाइरस नै लगे जस्तो दुर्व्यवहार गर्नु गलत हो ।

 

यसरी नेपाल आउँदा सामान्य अवस्था बाहेक आउदा PCR चेक नगर्दा पनि हुन्छ किन कि काठमाडौं उपत्यका बाहेकका अन्य ठाउँमा ठाउँ अनुसार भर पर्छ कि विदेशमा गरेको PCR लाई मान्य दिने कि नदिने भनेर । यसले गर्दा तपाइको 325 AED अर्थात् करिब नेपाली १०/११ हजार नेपाली रुपैयाँ खेर पनि जान छ । काठमाडौं उपत्यका हकमा यदि तपाईंसँग PCR negative रिपोर्ट एक हप्ता भित्रको छ भने नेपाली सेनाले नै तपाईंलाई आफ्नो आफन्तको जिम्मा लगाउदो रहेछ । अब तपाईं आफैले नेपाल आएर व्यक्तिगत PCR गर्न चाहनु भयो भने पनि जम्मा ५,५००/- नेपाली रुपैयाँ मात्र लाग्छ ।

अनि यो सँग सँगै 300 /400 दिराम जति पैसा गोजिमा बोकेर आउनु होला । अहिलेको अवस्थामा १ दिराम बराबर २९ रुपैयाँ होल्डिङ सेन्टरमा पैसा साट्न सक्नुहुनेछ । दुबईमा सकभर नेपाली पैसा नसाट्नुहोस् किन कि एकदम थोरै जम्मा १ दिराम बराबर २५ रुपैयाँ नेपाली मात्र दिन्छ । र अर्को कुरा IME मा पैसा पठाएर नेपालमा पुगेर तत्कालै झिक्छु भनेर अहिले नसोच्नु होला ।

अर्को कुरा नेपालमा धेरै सल्लाह भन्दा पनि हल्लाले चलेको देश हो । जहाँ हल्लाई हलाहको भरमा गाउँ समाज विगार्छन् । देश बिगार्छन् । सत्य यतार्थ के हो कोही कसैले वास्ता गर्दैनन्। त्यसैले सत्य वास्तविक कुरा के हो बुझेर मात्र अघि बढ्नुहोस ।। धन्यवाद । यहाँको यात्रा सफल होस्। कोही भोकै बस्न नपरोस् । सबै सहज तरिकाले नेपालमा आउन र जान पाइयोस् ।

थापाथलीस्थित पुलको विकल्पमा मौलिकता झल्कने पुल निर्माण गरिने

Previous articleअघिल्लो दिन छोरीसंग फोनमा ‘दशैंमा आउँछु’ भनेका गुरूङ कस्मिरमा अस्ताए
Next articleसाउदीमा Exit Visa लगाउन आवेदन दिएका नेपालीहरुलाई अत्यन्त जरुरी सुचना