करेन्ट लागेर चितवनमा एकजनाको ज्यान गयो

उज्यालो नेपाल- चितवनको कालिका–७ जुटपानी तल्लो बजारमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ। कार्तिक २९ गते शनिबार दिउँसो करिब २:३० बजे वर्ष अन्दाजी ६९ का चन्द्र प्रसाद पन्त करेन्ट लागेर मृत अवस्थामा अस्पताल पुर्‍याइएका हुन्।

पन्तलाई आफ्नै घर नजिकै रहेको कुलोमा विद्युतिय मोटर प्रयोग गरी पानी लगाउने क्रममा अचानक करेन्ट लागेको थियो। करेन्ट लागेपछि ढलेका पन्तलाई उद्धार गरी उपचारका लागि सरकारी अस्पताल भरतपुर लगिएको थियो ।

तर चिकित्सकले चेकजाँच गर्दा दिउँसो १४:४५ बजे पन्तलाई मृत घोषणा गरिएको प्रहरीले जानकारी दिएको छ ।

Previous articleCandyland Casino Mobile Friendly Features to Boost Your Gaming Fun
Next articleगाईसँग मोटरसाइकल ठोक्किँदा आमा–छोरा घाइते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।