माडी । माडी नगरपालिका वडा नं–७, शिवालय मन्दिरनजिकै बेलसारे टोलबाट कीर्तनपुरतर्फ जाँदै गरेको मोटरसाइकल गाईसँग ठोक्किएर दुर्घटना हुँदा आमा–छोरा घाइते भएका छन् ।
बागमती प्रदेश ०३–००३ प ३१२८ नम्बरको मोटरसाइकलमा सवार माडी–७ बस्ने २१ वर्षीया सपना रावत परियार र निजका ४ वर्षीय छोरा साहिल परियार घाइते भएका हुन् ।
दुवै घाइतेको बघौडा अस्पताल माडीमा सामान्य उपचारपश्चात् पुरानो मेडिकल कलेजमा थप उपचार भइरहेको र मोटरसाइकल चालक माडी–७ बस्ने २१ वर्षीय राजेश महतो उपचारपश्चात् डिस्चार्ज भएको प्रहरीले जनाएको छ । मोटरसाइकल प्रहरी चौकी कल्याणपुरले नियन्त्रणमा लिएको छ ।


