उज्यालो नेपाल, मंसिर १५- चितवनमा गाईको मासु काटिरहेको अवस्थामा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आइतबार दिउँसो करिब १३:५० बजे को खैरहनी नगरपालिका–१० बडगाउँस्थित केरा बारीभित्र गाई काटिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।
गाईको मासु काटिरहेको छ भन्ने सुचनापछी ईलाका प्रहरी कार्यालय खैरहनीको मोबाईल कमाण्डर प्रहरी नायब निरीक्षक उज्वलराज चितुवालको कमाण्डमा टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत अनुसन्धान जारी छ।




