रत्ननगरका वडाध्यक्षसहित ८ जना जुवाडे पक्राउ

चितवन । पूर्वी चितवनबाट एक जना जनप्रतिनिधिसहित आठ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई कालिका नगरपालिका–६ लाल चोकबाट जुवा खेलिरहेको समयमा पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१२ का अध्यक्ष सुन्दरमणि सुवेदीलगायत छन् । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी नायब उपरीक्षक सुवास भट्टका अनुसार पक्राउपर्नेमा कालिका नगरपालिका–६ का ६० वर्षीय ठाकुरप्रसाद भट्ट, ५६ वर्षीय झलक अमगाई, ५४ वर्षीय सन्तोष लामा, ६६ वर्षीय मोहन दङ्गाल । यस्तै ५५ वर्षीय रामकुमार दङ्गाल, ४९ वर्षीय आशबहादुर गुरुङ र ४८ वर्षीय शिवबहादुर अमगाईं रहेका छन् ।

उनीहरुको साथबाट ७१ हजार २१० नगदसहित तास बरामद गरिएको छ । पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत अनुसन्धान सुरु गरिएको उहाँले बताए। उनीहरुलाई शनिबार साँझ पक्राउ गरिएको हो ।

Previous articleExperience MrGreen Casino Mobile App for Smooth Gameplay Anywhere
Next articleचितवनमा गाईको मासु काट्दै गरेका ६ जना पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।