मेरो सुत्र सबैभन्दा पहिले महानायक राजेश हमाललाई सिकाउन मन छ – ‘मेमोरी किङ्ग’ विजय शाही (भिडियोसहित)
मेमोरी किगंका रुपमा अहिले चर्चामा रहेका विजय शाहीले आफूले जानेको पढ्ने सुत्र सबैभन्दा पहिला बुवालाई सिकाएको र अब महानायक राजेश हमाललाई सिकाउने बताएका छन् । पत्रकार तथा समाजसेवी शिवराज कार्कीसँगको कुराकानीमा शाहीले लकडाउन खुलेसँगै सबै नेपालीलाई सिकाउने र सबभन्दा पहिले राजेश हमाललाई बताउन मन रहेको भनेका हुन् ।

विजय शाही जसलाई मेमोरी किगंका रुपमा अहिले नेपालमा मात्र होइन विश्वभर चर्चा छ । उनी कालिकोटका स्थानिय युवा हुन् । शाहीले मेमोरी किंगका रुपमा विश्व रेकर्ड कायम गरेका छन् । उनले ३० सेकेण्डमा १ सय भन्दा बढी शब्द सम्झेर विश्व रेकर्ड कायम गरेका हुन् ।विश्व रेकर्ड कायम गरेपछि शाहीलाई अहिले अन्तरवार्ता दिन भ्याइ नभ्याई छ । उनले एउटा निकै ठूलो किताव सररर हेर्छन त्यसपछि त्यो किताब बन्द गरेर त्यसमा भएका शब्द उत्तिखेरै सुनाउन र लेखेर देखाउन सक्छन् । एक मिनेटमै एक सय भन्दा बढी शब्द याद गर्न सक्ने उनको खुबीकै कारण विश्व रेकर्ड कायम गर्न सफल भएका हुन् ।

कालीकोटका विजय शाहीले मेमोरी किङ विधामा विश्व रेकर्ड कायम गरेपछि कालिकोटमा उल्लास छाएको थियो । उनी एकै छिनमा विश्वभर चर्चित भए । त्यसका लागि उनले निकै मेहनत र संघर्ष भने गरेका थिए । शाहीले एक मिनेटमा अगाडि र पछाडिबाट ७० शब्द सम्झिएर भनेपछि भारतका प्रतियोगीलाई पछि पार्दै विश्व रेकर्ड राख्न सफल भएका हुन् ।

आफ्नो फेसबुक मार्फत आफ्नो योजना यसरी अघि सारेका छन :
मेरो नाम बिजय शाही (Champion Book Of The World Record In Memory King) मेरो अबको भाबी योजना मैले अविस्कार गरेको अद्भुत कला प्रयोग गरि सम्पुर्ण ३ करोड नेपालीलाई शिक्षाको अहिलेको अबस्थाबाट माथि उठाई साक्षरोन्नती गर्नका लागि बैज्ञानिक शिक्षा अपनाएको छु । जसमा प्रकृति तथा बिज्ञानका नियम अनि मानबिय मुल्य मान्यताको बारेमा पढाई होस् ।

खोज अनुसन्धानलाई बढाइयोस। जहाँ विद्यार्थीको उमेर रुचि , चाहाना र क्षमताका आधारमा शिक्षाको खाका तयार गरियोस् । अनिमात्र नेपालको शिक्षालाई बिस्वमा १ नम्बरमा पुर्याउन सकिन्छ भन्ने मेरो उच्च मनोकान्क्षा छ । किनभने यो देशमा कक्षा १ मा सुरुमा विद्यार्थीहरु १४, १५ लाख हुन्छन् त्यसपछि S.E.E दिदासम्म जम्मा ४,५ लाखले भाग लगेको देखिन्छ। त्यसप्रती कुनै सरकार र सरोकारवालाहरुको ध्यान जान सकेको छैन।

हालको बर्तमान शैक्षिक धरातालिय अबस्थालाई नियाल्दा समग्र साक्षरता प्रतिशत ६.७५ मात्र रहेको छ। जसमा नेपालका शैक्षिक जनशक्तिलाई आबरणमा मात्र योग्य बनायो तर बिडम्बना अन्तरास्ट्रिय बिस्व बजारमा ट्क्कर गर्न सक्ने दक्ष बनाउन सकेन सो जर्जर जटिलतालाई आत्म मुल्यांकन गर्दै भावीठोस विकल्पका साथ नेपालका आम ३ करोड नेपाली जनतालाई मेरो मुलमन्त्रको सार्थक र न्यायोचित सदुपयोग गरि दक्ष बनाउन म कटिबद्धताका साथ लाग्ने प्रतिबद्धता जनाउन चाहान्छु।

जुन फर्मुलाले नेपालको हाल साक्षरतालाई पन्छाउदै सत प्रतिशत बनाई बिश्वमा १ नम्बरमा पार्नेछु भन्ने मलाई पुर्ण बिश्वास छ। हाल बिश्व कोरोनामय रहेको भयावह अबस्थामा लकडाउनलाई सदुपयोग गरि साक्षर उन्नतिको मेरो अभियानलाई रास्टृय अभियानका रुपमा सुचारु गर्नको लागि आबस्यक प्रक्रिया चाल्न कालिकोटबाट काठमाडौ आउने सिध्र प्रयासमा छु।


