राप्ती । पूर्वी चितवनको राप्ती-५,भण्डारास्थित शिखर सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयन भएको छ ।
सो वन समूहको २०औं वार्षिक साधारणसभाले सन्देश घलानको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
सो समितिका अन्य पदाधिकारी भने यथावत रहने भएका छन। निवर्तमान अध्यक्ष नरेन्द्र रुवाली लामो समयका लागी वैदेशिक भ्रमणमा जाने कार्यक्रम तय भएको हुँदा ५ वर्षे कार्यकालमा अझै २ वर्ष बाँकी रहेको समयमा पद बाट राजिनामा दिएकाले संस्थाका सचिव घलानलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको हो।
त्यस्तै, सो वन समुहमा हाल उपाध्यक्षमा सचिवमा कोषाध्यक्षमा रहेका छन्। भने सदस्यहरूमा रहेका छन् वि.सं २०५२ सालबाट सेवा प्रवाह सुरु गरेको यस वन २९७.७२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सो वनमा हाल ९२० घर धुरी उपभोक्ता संख्या रहेको नवनिर्वाचित अध्यक्ष घलानले जानकारी दिए ।
राप्ती-५ का वडा अध्यक्ष सिताराम बल प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा निवर्तमान अध्यक्ष नरेन्द्र रुवालीको अध्यक्षता रहेको थियो।
त्यस्तै, सो कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनिधिहरू, समुहका उपभोक्ताहरू लगायतको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन गरेका थिए ।




