Home Uncategorized उडान नखुलेपछि प्रवासीको चेतावनी : अब पैसा हुण्डी गर्छाैँ

उडान नखुलेपछि प्रवासीको चेतावनी : अब पैसा हुण्डी गर्छाैँ

भदौ १ गतेदेखि अन्तर्रास्ट्रिय हवाई उडान सुरु गर्ने निर्णयबाट सरकार पछि हटेपछि प्रबासी नेपाली सरकारमाथि खनिएका छन् । सामाजिक संजालको प्रयोग गर्दै नियमित उडानको पर्खाइमा रहेका नेपालीहरुले सरकारले बिदेशमा रहेका नेपालीको पीडा नबुझेको आरोप लगाएका छन् । हिजोसम्म रेमिट्यान्सले अर्थतन्त्र धानेको भएपनि अब सरकारको बेवास्तालाई हेरेर हुण्डी लाई प्रश्रय दिने समेत संजाल मार्फत उनीहरुले बताएका छन् ।

३० महिना पहिले रोजगारीको लागि सयुक्त अरब इमिरेट्स युएई गएका झापाका दिपेश गिरिले सामाजिक संजाल फेसबुकमा अब चाडै नेपाल जाने प्रबन्ध नबनाएको भन्दै अब हुण्डीबाट रेमिट्यान्स पठाउनु पर्ने बिचार राखेका छन् । गिरिले रेमिट्यान्स पठाउनेको बेवास्ता गरेको गुनासो गरेका छन ।


अर्का युवा धादिङका सन्तोष खतिवडाले सरकारको कमजोर मानसिकता र सिमित ब्यक्ति र कम्पनीको फाइदाको लागि नियमित उडान नखुलाइएको आरोप लगाएका छन । कोभिड १९ कालागि सम्पूर्ण मापदण्ड पूरा गरेर नियमित उडान नखुलाउदा संक्रमण नहुने दाबीगर्दै खतिवडाले सरकारले चार्टर्ड फ्लाइटको नाममा ४ गुणा महँगो टिकट बेचेर नियमित उडान नखुलाएको आरोप लागाएका छन् ।


वैदेशिक रोजगारमै रहेका अर्का केदार पाण्डेले आफ्नै खर्चमा पिसिआर टेस्ट गरेर आउन चाहाने नेपालीहरु नियमित उडान नहुदा मारमा परेको भनाइ राखेका छन। सरकारले उद्दारको नाममा चार्टर उडान गरेर ४५ हजार भन्दा बढी नेपाली देश फर्काएको भएपनि नियमित उडान नहुदा अबसर पाएका नेपाली समेत रोजगार गुमाउन बाध्य भएका छन् ।

रोजगारदाताले रोजगारीमा बोलाएका कतिपयको भिसाको म्याद सकिँदैछ त कति आफ्नो करार अबधि सकेर देश फर्किन पनि पाएका छैनन् । उडान नहुदा कतिपय कामदारहरु कम्पनीले दिएको अतिरिक्त रकम समेत खाएर खर्च सकिएर अलपत्र अबस्थामा पुगेका छन् । बन्द भएका कम्पनीले समेत आफ्ना कामदारलाई फिर्ता पठाउन चार्टर उडानमा अनुमति नपाएको प्रवासी नेपालीहरुले बताएका छन् ।

हाल सम्म उद्दार उडानमा आएका नेपालीहरु नेपाली दूतावासले प्राथमिकताका आधारमा नाम सिफारिस भएर आएका छन भने कतिपय दूतावासले निकालेको नाम लिस्ट्मा आफ्नो नाम नभएको भन्दै स्वदेश फर्किन नियमित उडानको प्रतिक्षामै बसेका छन् । नेपाल टाईम्स बाट 

भारतीय चलचित्रको प्रदर्शनमा बाधा नगर्नु : उच्च अदालत, चलचित्र चल्न दिइनेछैन: प्रमुख शाह

Previous articleभदौ १ गते घर फर्कन टिकट का’टेका मंगल युएईमै अ’स्ताए, यूएईमा एकै ठाउँमा दुई नेपालीको ह’त्या : एकको पहि’चान खुल्यो, एकको बाँकी
Next articleयूएई – दुई हप्तामा १५ उडान फिक्स भएपछि दूतावासले भन्यो – स्वदेश फर्कनेले तुरुन्त टिकट लिइहाल्नु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।