दीपकराजले फै’लाएको कुलमानको ह’ल्ला; पुनर्नियुक्तिको प्र’चार टाईटाई फिस मात्र
काठमाण्डाै – मङ्गलबार बेलुका पाँच बजेपछि सामाजिक सञ्जालमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल थप भएको बारे निकै ह’ल्ला भयो । मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङको कार्यकाल चार वर्ष थपेको भन्दै ट्विटर र फेसबुकमा बधाई दिनेको ओ’इराे लाग्यो । प्रतिष्ठित व्यक्तिहरुले पनि कुलमानलाई बधाई दिइरहेका थिए । केही सञ्चारमाध्यमले पनि घिसिङको कार्यकाल थप भनेर समाचार लेखे ।


तर कुलमान घिसिङलाई विद्युत् प्राधिकरणमा दोहोर्याउनेबारे मङ्गलबारको मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव नै पुगेको थिएन । कुलमानको विषय मन्त्रिपरिषद्काे आजको ए’जेन्डा नै थिएन । २९ गते कार्यकाल सकिने कुलमानको बारेमा मन्त्रिपरिषदमा प्रस्ताव नै नजाँदै समय थपिएको खबर भा’इरल भएपछि मन्त्रीहरु नै छ’क्क परेका छन् ।
‘लिखित रुपमा आज प्रस्ताव नै आएको छैन, प्रधानमन्त्रीबाट सिधै प्रस्ताव आएमा निर्णय हुन सक्थ्यो, उहाँको कार्यकाल अझै बाँकी छ तर विभागीय मन्त्रीले नै प्रस्ताव नल्याउनु भएकाले सिधै निर्णयको स’म्भावना भएन’, एक मन्त्रीले भने ।

कुलमान घिसिङको कार्यकाल भदौ २९ गते सकिँदैछ । भदौ २१ गतेअघि नै कार्यकाल सकिन लागेका अर्थ मन्त्री डाक्टर युवराज खतिवडाको निर्णय नगरेको सरकार २९ गते कार्यकाल सकिने घिसिङको कार्यकाल थप्ने हता’रोमा छैन । हरेक हप्ता दुई वटा मन्त्रिपरिषद्का बैठक बस्छन्, यस हिसाबले २९ गतेसम्म ६ वटा मन्त्रिपरषद्का नियमित बैठक नै बस्ने छन् । ६ वटा बैठकअघि नै कुलमानको बारेमा नियुक्ति गर्न सरकारलाई कुनै ह’तारो नै देखिन्न ।
कसरी फै’लियो ह’ल्ला ?
यही भदौ २९ गते चार वर्षे कार्यकाल सकिन लागेका घिसिङलाई फेरि प्राधिकरणमै नेतृत्व दिनुपर्छ भन्ने आवाज बढ्दै गएको छ । सामाजिक सञ्जालमा पनि च’र्को माग छ । हरिवंश आचार्य, मनोज गजुरेल, करिश्मा मानन्धरलगायतका कलाकारले सामाजिक सञ्जालबाटै कुलमानको कार्यकाल थप्न माग गरिरहेका थिए । मङ्गलबार दिउँसो यस्ता खबरले पनि निकै स्थान पाए ।

तर कुलमानलाई मन्त्रिपरिषद्ले दोहोर्याएकाे खबरको सुरु गरेका थिए हास्य कलाकार दीपकराज गिरीले । उनले फेसबुकमा लेखेका थिए, ‘आज बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई नै विद्युत् प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको छ । सरकारसँग यस्तै आसयकाे समाचार प्रेसित गरेर जनताकै पक्षमा उभिनुकाे विक’ल्प छैन।’
दीपकराजको यो स्टाटस फैलिन समय लागेन । फेसबुकदेखि ट्विटरसम्म उनकै स्टाटस शेयर र स्क्रिनशर्टसहित फैलाउने काम भयो । दीपकराजकै स्टाटसलाई आधार मानेर सामाजिक सञ्जालमा कुलमानको नियुक्ति दोहोरिएको विषय भाइरल भयो । उनको स्टाटसमा १३ हजारभन्दा धेरैले लाइक गरेका छन्, ११ सय जनाको कमेन्ट रहेको छ । धेरै जनामा भ्रम फैलिए पछी उनले फेरी यस्तो स्प’ष्टीकरण दिए !
नमस्कार , केहि साथिहरू झुक्किरहनु भएको छ , यस्तै निर्णय सरकारले गर्नु पर्छ भनिएको छ ,निर्णय भएको छैन तर केहि छैन , तपाइहरूको यो चासोले थप दवाव श्रृजना गर्न मा मद्दत पुग्नेछ !!! जय नेपाल !!
यस्तै ट्विटरमा कुलमान घिसिङको न’क्कली ट्वीट ह्या’ण्डलबाट पनि यो विषय भाइ’रल बन्यो । नेकपाको विद्यार्थी सङ्गठनका सहसंयोजक रञ्जित तामाङले नै कुलमानको नक्कली ह्या’ण्डलबाट गरिएको ट्वीट रिट्वीट गरेर बधाई दिएका थिए ।



