Home Uncategorized उडानमा भाडा महंगो भएको होइन, ‘क्लास’ अनुसार भाडादर तय गरिएको हो, नेपाल...

उडानमा भाडा महंगो भएको होइन, ‘क्लास’ अनुसार भाडादर तय गरिएको हो, नेपाल एअरलाइन्स

उडानमा भाडा महंगो भएको होइन, ‘क्लास’ अनुसार भाडादर तय गरिएको हो, नेपाल एअरलाइन्स

काठमाण्डौ – नियमित उडानको भाडादर महंगो भएको गुनासोप्रति नेपाल एअरलाइन्सलले ध्यानाकर्षण भएको जनाएको छ । कम्पनीले हवाईभाडा निर्धारण गर्दा क्लासमा वर्गीकरण गरेर गर्ने भएकाले भाडा बढी र कम हुने निगमले स्पष्ट पारेको छ । अहिले एअरलाइन्सको भाडादर पनि क्लास अनुसार नतोकिएको निगमको भनाइ छ । एअरलाइन्सको हङ्कङ् – काठमाण्डौ र नारिता – काठमाण्डौका लागि भाडा दर एउटै तोकिएको छ ।

हङ्कङ्- काठमाण्डौका लागि एचकेडी ४१ सय ९८ र नारिता – काठमाण्डौका ७६ हजार ३ सय जापानी एन तोकिएको छ । यस्तै मलेसिया – काठमाण्डौ र दुबई – काठमाण्डौका लागि भने फरक फरक भाडा निर्धारण गरिएको छ । मलेसिया – काठमाण्डौका लागि एअरलाइन्सको भाडादर चार प्रकारको छ ।

सबैभन्दा महंगो २००३ मलेसिया रिंगिट र सस्तोमा १४५८ रिंगिट रहेको छ । कुनै क्लासको १८२० रिंगिट त कुनैको लागि १६२८ रिंगिट तोकिएको एअरलाइन्सले जनाएको छ । यस्तै दुबई – काठमाण्डौका लागि पनि चार प्रकारकै भाडादर रहेको छ । सबैभन्दा महंगो २१२० दिनार र सस्तोमा १४४० दिनार रहेको छ । बाँकी कुनै क्लासको १८२० र १७२० यूएई दिनार तोकिएको छ ।

उडान संख्या, यात्रु तथा बर्गीकृत क्लासमा तोकिएको सीट संख्याको उपलब्धताको अनुपातमा उल्लेखित भाडादर भने परिवर्तन हुन सक्ने जनाइएको छ । एअरलाइन्समार्फत फर्कने यात्रु सबैको ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । उज्यालो अनलाईन बाट 

 

https://ujyaalonepalnews.com/archives/10714

Previous articleयस्तो आयो हिमालय एअरलाइन्सको चार्टर्ड उडान र नियमित उडानको भाडादर
Next article१० सेक्टेम्बरमा कतार बाट अर्को उडान हुँदै; नामलिस्ट सहित दुताबासको सुचना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।