१० सेक्टेम्बरमा कतार बाट अर्को उडान हुँदै; नामलिस्ट सहित दुताबासको सुचना ( नामलिस्ट तल अन्तिममा राखिएको छ)
उज्यालो नेपाल २१ भदौ- कोरोनाबाट प्रभावित कतारका नेपाली बोकेर नेपाल एयरलाईन्सको जहाज १० सेक्टेम्बरमा नेपाल आउने भएको छ । कोरोना संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुका लागि नेपाल एयरलाईन्स अर्को उडान१० सेक्टेम्बरमा गर्ने भएको हो । यसबारेमा नेपाली दूतावास कतारले जानकारी गराउँदै १० सेक्टेम्बरमा उडानका लागि दूतावासले प्रकाशित गरेको प्राथमिकताको सूचीमा नाम भएका तथा विविध कारणले टिकट काट्न छुटेका व्यक्तिहरुलाई एयरलाईन्सको निम्न आधिकारीक ट्राभल ऐजेन्सीमा यथाशिघ्र सम्पर्क गर्न अनुरोध गरेको छ ।

यस्तो छ दुताबासको सुचना
नेपाल एयरलाइन्सको १० सेप्टेम्बर २०२० मा हुने उडानबारे सूचना
१. नेपाल एयरलाइन्सको दोहा-काठमाण्डौ सेक्टरका लागि १० सेप्टेम्बर २०२० को लागि चार्टर उडान तय भएकोले उक्त उडानका लागि प्राथमिकता सूचिको लिंक निम्नबमोजिम रहेको छ :
२. उक्त सूचीमा नाम भएका व्यक्तिहरु तथा राजदूतावासले प्राथमिकता सूचिमा समावेश गरी उक्त एअरलाईन्समा यात्रा गर्नका लागि नाम प्रकाशित गरिसकेका तर विभिन्न कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले समेत हवाई टिकटका लागि देहायको ट्राभल एजेन्सीमा सम्पर्क गर्नुहुन अनुरोध छ:

Fahd Travels, Jaida Towers (Sales & Reservation) Abdul Hafeez, Mob +974 70665648, Kashi Dhamala Mob +97466675150 Tel +974 44318080 Fax +974 44214744
३. नेपाल सरकारको मिति २०७७/५/४ को निर्णयबमोजिम PCR परीक्षण गरी ७२ घण्टा भित्रको Covid-19 Negative Certificate लिएका यात्रुले मात्र नेपाल यात्रा गर्न पाईनेछ । यात्रा गर्दा PCR Test को सक्कल प्रमाणपत्र साथमा राख्नु पर्नेछ।साथै विमानस्थल चेकिङ्ग काउन्टरका लागि १ प्रति फोटोकपीसमेत साथमा राख्नु पर्नेछ ।

४. PCR Test नगरी जान चाहनेहरुको हकमा आफ्नै खर्चमा ७ दिनको होटल क्वारेन्टिनमा बस्नु पर्ने तथा PCR Test गरेका र नगरेका यात्रुहरु एउटै उडानमा यात्रा गर्न नपाईने व्यवस्था रहेको छ ।
५. होटल क्वारेन्टिनको खर्च टिकट काटने बेलामा लिने र होटललाई भुक्तानी गर्ने कार्य सम्बन्धित एअरलाईन्सले नै गर्नु पर्नेछ।
६. नेपाल फर्कने प्रयोजनका लागि कतारका तोकिएका निजी अस्पतालबाहेक निम्न सरकारी स्वास्थ्य केन्द्रहरुमा कोभिड १९ को PCR Test निशुल्क वा न्यूनतम शुल्कमा गर्न सकिने जानकारी सम्बन्धित सबैमा अनुरोध छ:

- Workers Health Center – Hemaila Branch, Building 265, Street 35, Al-Taqa Street, Zone 81
- Fereej Abdel Aziz Health Center, Al Farabi Street
- Muaither Health Centre, Al Waab St, Ar-Rayyan
- Rawadat Al Khail Health Cenre, B Ring Rd, Doha
- Um Salal Health Centre’Al Shamal Rd, Umm Salal Muhammed
- Gharafat Al Rayyan Health Centre
PCR Test का लागि कतार सरकारबाट अनुमति प्राप्त प्राईभेट अस्पतालहरुमा समेत सम्पर्क राख्न सकिनेछ। यस्ता प्राईभेट अस्पतालको सूचिको लिङ्क निम्नबमोजिम रहेको छ:

७. हवाई भाडा पूर्व सूचनामा उल्लेख भएबमोजिम कतारी रियाल १,४३०/- लाग्नेछ ।
८. सुत्केरी तथा गर्भवती महिला र कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरुले आफुलाई स्वास्थ्य परीक्षण गर्ने चिकित्सक वा स्वास्थ्य संस्थाबाट FIT TO FLY CERTIFICATE अनिवार्य साथमा लिएर मात्र विमानस्थल जानुपर्नेछ ।

९. हवाई उडानका लागि हवाईटिकट लिई सकेका यात्रुहरुले व्यक्तिगत विवरण फारम अनिवार्य रुपमा online भरी सो को बारकोडको प्रिन्टेड कपी पनि साथमा लिएर मात्र यात्रा गर्नुहुन अनुरोध छ। सो फारामको लिङ्क निम्नबमोजिम रहेको छ! फारम भर्ना यंहा क्लिक गर्नुहोला !

१०. उक्त एअरलाईन्सको दोहा-काठमाण्डौ सेक्टरका आगामी उडानहरुका लागि प्राथमिकता सूचिको थप नामावली प्रकाशित गर्दै लगिनेछ । नेपाली राजदूतावास, दोहा । ८ सेप्टेम्बर २०२०
प्राथमिकताको आधारमा तयार गरिएको नामावली यस प्रकार छ!

स्वास्थ्यमन्त्री बस्नेत र प्रधानसेनापतिद्वारा मेलम्ची बेलीब्रिजको उदघाटन



