ब्वाइफ्रेन्डले मोटी भनेर छोडेपछि सुजनाले घरमै बसेर यसरि घटाइन् ६ महिनामा ३६ केजी वजन

ब्वाइफ्रेन्डले मोटी भनेर छोडेपछि सुजनाले घरमै बसेर यसरि घटाइन् ६ महिनामा ३६ केजी वजन

तनहुँ, विमलनगरकी सुजना श्रेष्ठ स्टन्ट राइडर हुन्। सन् २०१५ मा ‘मिस तनहुँ’ बनेकी उनको वजन केही महिना अगाडिसम्म १ सय १ केजी थियो। अहिले आफ्नो वजन घटाएर उनले ६५ केजीमा झारेकी छिन्। उनी बस्ने ठाउँमा जिमको सुविधा छैन। उनले घरमै छ महिनामा ३६ किलो वजन घटाएकी हुन्।सानोमा म एकदमै दुब्लो थिएँ। कक्षा ११ मा हुँदा सवारी दुर्घटनामा परेँ। बेड रेस्ट गर्नुप¥यो। खानपानमा कन्ट्रोल भएन।

घरमै रेस्टुरेन्ट थियो। मीठो–मीठो खानेकुरा पाक्थ्यो। जे पनि खाइदिन्थेँ। रेस्टुरेन्टमा मीठोमसिनो पाक्दा मन थाम्नै सक्दिनथेँ।खाने काम मात्रै भयो, एक्सरसाइज केही भएन। खानपान र अल्छीपनले मोटाउँदै गएँ। सबैले मलाई मोटी भन्न थाले। छरछिमेकले ‘छोरी धेरै मोटाई, दुब्लाउन लगाउनु न’ भन्दै आमाबुबालाई सल्लाह दिन्थे।ब्वाइफ्रेन्डसँग ब्रेकअप पाँच वर्षअघि म प्रेम सम्बन्धमा थिएँ। त्यो बेला मेरो तौल ७५ केजी थियो।

ब्वाइफ्रेन्डले मेरोअगाडि कहिल्यै मलाई मोटी भनेन। खासमा भन्ने हो भने मेरो मोटोपनबारे केही कुरै हुँदैनथ्योे। तर, मेरोपछाडि साथीहरूसँग यस्तो कुरा गर्ने रहेछ। मलाई मोटी भन्ने रहेछ।एक पटक उसले मलाई मोटी भनेर साथीहरूसँग खिल्ली उडाएको थाहा पाएँ। एकदमै नरमाइलो लाग्यो।

उसका लागि दुब्लाउने कोसिस नगरेका होइन तर पछि शरीर हेरेर माया लगाउनेका लागि किन दुब्लाउने भन्ने लाग्यो। जस्तो छु, त्यस्तै ठीक छु भन्दै वास्ता गरिनँ। पछि हाम्रो ब्रेकअप भयो। म मोटी भएकै कारण हाम्रो ब्रेकअप भएको हो भन्दा नि हुन्छ।घरमै घटाएँ वजन रोडिजको यात्रा सकिनेबित्तिकै वर्कआउट सुरु गर्ने निधो गरेँ।

मेरो एरियामा जिमखाना थिएन। घरमा इन्टरनेट थियो। घरमै एक्सरसाइज गरेर तौल घटाउने योजना बनाएँ। वजन घटाएका विदेशीहरूको ट्रान्सफर्मेसन भिडियो युट्युबमा हेर्न थालेँ।त्यो हेरेपछि केही आँट आयो। गर्न सक्छु भन्ने लाग्यो। मैले आफ्नो शतप्रतिशत दिएँ। युट्युबमा धेरै रिसर्च गर्न थालेँ। के खान हुन्छ, के हुँदैनदेखि शरीरको कुन अंगका लागि कस्तो खालको एक्सरसाइज सबै भेला पारेँ।कोल्ड ड्रिंक्सको सोखिन थिएँ।

तर, त्यसमा चिनीको मात्रा एकदमै धेरै हुन्छ भन्ने थाहा पाएपछि कोक खान छाडेँ। प्रशस्त पानी खान थालेँ। भात छाडेर रोटी खान थालेँ। बिहानै ओछ्यान छाडेर डाँडापाखामा दगुर्न थालेँ।अभ्यास गर्दा चिनी पूरै बन्द गरेँ। चिल्लो, पिरो खानेकुरा खाँदै खाइनँ। चार महिनासम्म हप्ताको एक दिन मात्र भात खाएँ।

भोकै चाहिँ बसिनँ। जंक फुड खान छाडेँ। खान मन लागे ‘खानेकुरा खाएर के नै हुन्छ र रु मुखको मीठो त हो’ भनेर चित्त बुझाउँथेँ।घरमा खाली ठाउँ प्रशस्त थियो। एक ठाउँको स्पेस मैले आफ्नो लागि बनाएँ। ठूलठूलो फलामका ढक ल्याएर राखेँ। युट्युबमा हेरेर अरूले जसरी उचाल्थे, त्यसरी नै उचाल्न थालेँ। ठूलठूलो टायर पनि उचाल्ने(पछार्ने गर्थें। टायर उचालेर पछार्दा ठूलो आवाज आउँथ्यो।आवाज सुनेर छिमेकी ‘के भयो रु’ भन्दै हेर्न आउथेँ। त्यसबाहेक स्किपिङ, रनिङ, उकालो चढ्ने पनि गरेँ। सुरुमा त्यसका लागि तीन घण्टा समय छुट्याएँ।

सुरुको महिना त हिँड्नै गाह्रो भयो। एकदमै थाक्थेँ। तर, त्यही थकाइले पछि राम्रो परिणाम दिन्छ भन्नेमा आशावादी थिएँ। हतास हुँदा युट्युबमा उत्प्रेरित गर्ने खालका भिडियो हेर्थें।एक पटक उसले मलाई मोटी भनेर साथीहरूसँग खिल्ली उडाएको थाहा पाएँ। एकदमै नरमाइलो लाग्यो। उसका लागि दुब्लाउने कोसिस नगरेका होइन तर पछि शरीर हेरेर माया लगाउनेका लागि किन दुब्लाउने भन्ने लाग्यो। जस्तो छु, त्यस्तै ठीक छु भन्दै वास्ता गरिनँ। पछि हाम्रो ब्रेकअप भयो। म मोटी भएकै कारण हाम्रो ब्रेकअप भएको हो भन्दा नि हुन्छ।

कर्णालीमा १२ हजार क्विन्टल खाद्यान्न मौज्दात 

Previous articleवेस्टइन्डिजमा चलिरहेको क्रिकेटमा नेपालमा बसी अनलाईन बा’जी राख्ने पक्राउ
Next articleउडान कम भएपछी ओभरस्टे जरीवाना तिर्दै नेपाली श्रमिक: जति बस्यो उति बढ्दै जरिवाना रकम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।