साउदीले २० रियालको नयाँ नोट जारी गरेपछि भारतमा त’रङ्ग; गर्यो यस्तो आग्रह

साउदीले २० रियालको नयाँ नोट जारी गरेपछि भारतमा त’रङ्ग; गर्यो यस्तो आग्रह

साउदी अरबले निकालेको नयाँ नोटमा रहेको अन्तर्राष्ट्रिय सीमाका बारेमा भारतले चि’न्ता व्यक्त गर्दै सुधारको माग गरेको छ। गत साता जारी भएको नोटमाथि एक बयान जारी गर्दै भारतको विदेश मन्त्रालयले बिहीबार ‘तत्काल सुधारात्मक कदम’ उठाउन माग गरेको हो। साउदीको २० रियालको नोटमा विश्वको नक्सा छापिएको छ र सो नक्सामा जम्मु-कश्मिर र लद्दाखलाई भारतको भूभागका रूपमा देखाइएको छैन।

साउदीले २० रियालको जी-२० मा आफ्नो अध्यक्षतालाई सं’केत गर्न विश्वको नक्सा राखेको हो।भारतीय विदेश मन्त्रालयका प्रवक्ताले यस मामिलामा साउदीले तत्काल सुधारात्मक कदम उठाउनुपर्ने बताए।’हामीले नोट हेरेका छौं र यसले भारतको बाहिरी क्षेत्रीय सीमालाई ग’लत तरिकाले प्रस्तुत गर्छ’, उनले भने, ‘हामीले हाम्रो चिन्ताका बारेमा साउदी अरबलाई भनिसकेका छौं।

 

(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here

हामीले नयाँ दिल्लीमा रहेका उनीहरूका राजदूतसँगै रियादमा पनि भनिसकेका छौं।’मिडिया रिपोर्टहरूका अनुसार यस नक्सामा पाकिस्तान प्रशासित कश्मिरको गिलउत-बाल्टिस्तान क्षेत्रलाई पनि पाकिस्तानको हि’स्सा देखाइएको छैन।

भैरहवा उडेको बुद्ध एयरको जहाजलाई फर्काएर काठमाडौंमै अवतरण

Previous articleसाउदीमा विदेशी कामदारलाई खुसीको खबर: कफाला प्रणाली हट्दै,घोषणाको तयारी
Next articleता’स खेल्दा ३ हजार हारेपछि आमालाई चिठ्ठी लेखेर बे’पत्ता भए १६ वर्षे गोबिन्द
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।