ता’स खेल्दा ३ हजार हारेपछि आमालाई चिठ्ठी लेखेर बे’पत्ता भए १६ वर्षे गोबिन्द
जु’वामा ३ हजार हा’रेपछि आमालाई चिठ्ठी लेखेर महाबु गाउँपालिका ५ काशीकाँधबाट नारायण नगरपालिका ८ का १६ वर्षे किशोर बे’पत्ता भएका छन् । बेप’त्ता हुनेमा १६ वर्षे गोविन्द विक रहेका छन् । वसन्त माविमा कक्षा नौ मा पढ्दै आएका उनी मजदुरी बापत पाएको पैसा तासमा हा’रेपछि उनी बे’पत्ता भएका हुन् ।

(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)
Click Here
ता’समा तीन हजार हा’रेका गोविन्द राति ११ बजेतिर घर पुगे, आमाले राखिदिएको खाना खाएर आफू सुत्ने कोठामा एक्लै सुते । भोलिपल्ट कात्तिक ९ गते बिहान झिममिसेमै घरबाट भा’गेर सुर्खेत पुगे तर अहिले उनी त्यहाँबाट पनि बे’पत्ता भएको बताइएको छ । दशैँको दिन सुर्खेतमा देखिए पनि त्यसपछि उनी कहाँ कता गए भन्ने खुल्न नसकेको परिवारजनले बताएका छन् ।

साथीको लह’लहैमा लागेर जु’वामा हारेपछि उनले सबै कुरा नखुलाए पनि ‘नजा’नेर ग’ल्ती भयो माफ गर्नुहोला । म सधैँको लागि गएको होइन, फर्किन्छु’ एकदिन अबश्य फर्कन्छु भनेर आमालाई सम्बोधन गरेर लेखेको चिठ्ठी ९ गते दिउँसो मात्र फेला परेको थियो । छोरो बे’पत्ता भएपछि ६२ वर्षीया आमा रातदिन रा’एर बसेको बताइएको छ । उनको घरमा दाजु, भाउजु, एउटा बहिनी र आमा गरी पाँच जनाको परिवार छ । गोविन्द चार वर्षको छँदा बुबाको नि’धन भइसकेको थियो ।


