Home Uncategorized गरि’ब अस’हायलाई नि:शुल्क खाना खुवाउदा सरकारको बे’ईज्जत भो भन्दै प्रहरी लगाएर रो’कियो

गरि’ब अस’हायलाई नि:शुल्क खाना खुवाउदा सरकारको बे’ईज्जत भो भन्दै प्रहरी लगाएर रो’कियो

गरि’ब अस’हायलाई नि:शुल्क खाना खुवाउदा सरकारको बे’ईज्जत भो भन्दै प्रहरी लगाएर रो’कियो

१७ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउने अभियानमा रोक लगाएको छ । सडकमै खाना खुवाउँदा आफ्नो बेइज्जत भएको भन्दै महानगरपालिकाले खाना वितरण गर्न रोक लगाएको हो । केही अभियन्ताहरुले लामो समयदेखि खुलामञ्चमा कोरोनाका कारण सम’स्यामा परेका श्रमिक, गरी’ब र अस’हायलाई खान वितरण गर्दै आएका थिए ।

(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here

तर, तीनदिन यता महानगरले नगर प्रहरी पठाएर खाना वितरण गर्न रोक लगाएको हो । पहिलो पल्ट ३ दिनअघि नगर प्रहरीले खाना खुवाउने अभियान रो’क्न आग्रह गरेको थियो । महानगरपालिकाले पुनः सोमबार नगर प्रहरी पठाएर खाना खुवाउने अभियानमा रोक लगाएको एकजना अभियन्ता बद्रीप्रसाद ढुंगानाले बताए ।

सईको नेतृत्वमा पुगेको नगर प्रहरीको टोलीले ‘मेयरसापको आदेश’ भन्दै खाना वितरणमा रोक लगाएको उनको भनाइ छ । महानगरपालिकाले पनि सार्वजनिक स्थलमा खाना वितरण गर्न रोक लगाएको बताएको छ । हाल सडकमा खाना वितरण गर्नु पर्ने कोही पनि नभएको निर्क्यौलका साथ खाना वितरण बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाको तर्क छ ।

सार्वजनिकस्थलमा फो’होरसमेत भएको र सडकमै खाना खुवाउँदा सरकारको बेइज्जत भएकोले खाना खुवाउन नदिने निर्णय भएको महानगर स्रोतको भनाइ छ । ‘हामीले मानव सेवा आश्रममार्फत सडकमा बस्नुपर्ने अवस्थाकालाई उद्धार गरिरहेका छौं, अहिले सडकमा खाना खानुपर्ने अवस्थाका सबैले आश्रममा सेवा पाइरहेका छन्,’ महानगरपालिका स्रोतले भन्यो,’ सडकमा खाना बाँड्दा आफैं खानसक्ने अवस्थाका मान्छे पनि त्यहाँ आएका छन् ।’

‘कोही भोकै पर्दैन, भोकले कोही म’र्दैन’ अभियानअन्तरगत सडकमा सहयोगको अपेक्षा राख्नेमाथि आश्रममार्फत सेवा दिने काम भइरहेको महानगरपालिकाले जनाएको छ । महानगरका एक अधिकारीका अनुसार खाना खुवाउने भए आफैंले पार्टी प्यालेस भाडामा लिन अभियान्ताहरुलाई भनिएको छ । ‘सरकारको बेइ’ज्जत हुने गरी सार्वजनिक स्थलमा किन खाना खुवाउनुपर्‍यो ?,’ती अधिकारीले भने,’कसैले खान पाएका छैनन् भने हामी मानव सेवा आश्रममा लगेर खुवाउँछौं, त्यहाँ हामीले रकेाडौं लगानी गरेका छौं ।’

९० बर्षिय बाबुको हत्या गर्ने छोरा पक्राउ

Previous articleसाउदी अरबमा सात वर्ष बे’पत्ता भएको छोरो घर त फर्कियो तर यस्तो ना’जुक अवस्थामा
Next articleकतारी राजकुमारको नेपाली हिमाल चढ्ने रहर: टोली लिएर पुगे आधार शिविर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।