कतारी राजकुमारको नेपाली हिमाल चढ्ने रहर: टोली लिएर पुगे आधार शिविर

0
43

कतारी राजकुमारको नेपाली हिमाल चढ्ने रहर: टोली लिएर पुगे आधार शिविर

१७ कात्तिक, सोलुखुम्बु । बहराइनका राजकुमार फर्किएलगत्तै नेपाल आएका कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला सोलुखुम्बुमा रहेको आमादब्लम हिमाल आरोहण गर्न आधार शिविर पुगेका छन् । केही दिनअघि नेपाल आउएका राजकुमार शेख मोहम्मदसहित १४ सदस्यीय टोली आमादब्लम हिमालको आधार शिविर पुगेको हो ।

(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here

विश्वको सुन्दर तर आरोहणका लागि कठिन मानिने आमादब्लम हिमाल आरोहणका लागि कतारका राजकुमारसहित अमेरिकन र क्यानेडियनको टोली आधार शिविर पुगेको आरोहणको व्यस्थापक हिमालयन गाइड्स नेपालका प्रबन्ध निर्देशक ईश्वरी पौडेलले जानकारी दिए।

राजकुमारसहितको टोली नेपाल आएपछि काठ्माडौँमा एक हप्ता क्वारेन्टिनमा बसेर हिमाल आरोहणका लागि दशैँको टीकाको दिन काठमाडौँबाट लुक्ला आएको थियो । टोलीमा राजकुमार अब्दुल्लासहित अमेरीकन, क्यानेडियन गरी छ जना विदेसी र ११ जना नेपाली गरी १६ जना छन् । जसमा छ जना विदेसी र ११ जना नेपालीले हिमाल आरोहण गर्ने छन् ।

कोरोना कहरले थलिएका बेला यो सन् २०२० को तेस्रो आरोहण टोली हो । यस अघि बहराइनको राजकुमार र तीन जना नेपालीको टाली गरी दुई समूहले लुबुचे हिमालको सफल आरोहण गरिसकेका छन् । अहिले आरोहणको लागि डोरी फिक्सिङको काम भइरहको र मौसमले साथ दिएमा राजकुमार सहितको टोलीले दुई हप्ताभित्र आरोहण सकेर काठमाडौँ फर्किने हिमालयन गाइड्स नेपालका प्रबन्ध निर्देशक पौडेलले बताए ।

अन्यभन्दा कमै आरोहण हुने छ हजार ८१२ मिटर उचाइको आमादब्लम हिमालमा पहिलो पटक सन् १९६१ मा आरोहण भएको थियो ।

एक आर्थिक वर्षमै रुपन्देहीमा २१७ साना उद्योग बन्द

Previous articleटीकाकै दिन भयो यस्तो घ’टना: फोर्कलिफ्टले कि’चेर एक नेपालीको गयो ज्या’न
Next articleसाउदीमा पासपोर्टको म्याद सक्किदै छ? यस्तो छ रियादमा रहेको दुताबासको सूचना