साउदीमा यस्तो अवस्थामा काम परिवर्तन गर्न सकिन्छ? यस्तो छ पुरै जानकारी

साउदीमा यस्तो अवस्थामा काम परिवर्तन गर्न सकिन्छ? यस्तो छ पुरै जानकारी

काठमाण्डौ – साउदी सरकारले आफ्नो श्रम कानुनमा सुधार गर्दै विदेशी श्रमिकले रोजगारदाताको अनुमति बिनै काम परिवर्तन गर्न सक्ने घोषणा गरेको छ । साउदी सरकारको यो घोषणा आउँदो वर्ष सन् २०२१ को मार्च १४ देखि लागू हुँदैछ । यो नियम कार्यान्वयनमा आएपछि नेपालीसहित विदेशी श्रमिकले साउदीमा काम परिवर्तन गर्न पाउने छन् । तर त्यसका लागि विभिन्न सर्तहरु भने राखिएको छ ।

(साउदीमा रहनुभएका साथीहरुले, साउदीको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here’

यी अवस्थामा काम परिवर्तन गर्न पाइन्छ

आफूले काम गरिरहेको कम्पनीमा अवस्था सामान्य भएमा एक वर्षसम्म कम्पनीमा काम गर्नुपर्छ । सामान्य अवस्था हुँदाहुँदै एक वर्ष अघि नै काम परिवर्तन गर्न पाइँदैन । यो नयाँ नियमले विदेशी श्रमिकलाई काम गरिरहेको कम्पनीले प्रमाणीत रोजगार करार नदिएको अवस्थामा अर्को कम्पनीमा काम गर्न जान सक्ने भनेको छ ।

रोजगारदाताले श्रमिक काममा लगाएको तीन महिनाभित्र उनीहरुको रोजगार करारपत्र प्रमाणीकरण गरिसकेको हुनुपर्छ । श्रमिकले तीन महिनासम्म लगातार काम गरेको तलब नपाएमा, रोजगारदाताको उपस्थिति नभएमा, रोजगारदता जेल परेमा, मृत्यु भएमा वा रोजगारदाताले साउदीको आवासीय परिचयपत्र अकामा नबनाइदिएमा वा नवीकरण नगरिदिएमा कम्पनी परिवर्तन गर्न पाइनेछ ।

श्रमिक यदि मानवतस्करीमा परेको छ भने पनि कम्पनी परिवर्तन गर्न सकिनेछ । तर यदि श्रमिक र रोजगारदाताबीच कुनै विवाद भएर कानुनी प्रक्रिया अघि बढाइएको छ भने त्यस्ता श्रमिकले काम परिवर्तन गर्दा समस्या आउन सक्छ ।  श्रमिक यदि मानवतस्करीमा परेको छ भने पनि कम्पनी परिवर्तन गर्न सकिनेछ । तर यदि श्रमिक र रोजगारदाताबीच कुनै विवाद भएर कानुनी प्रक्रिया अघि बढाइएको छ भने त्यस्ता श्रमिकले काम परिवर्तन गर्दा समस्या आउन सक्छ ।

नागरिकको सुरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री पाण्डे

Previous articleविदेश बाट आयो फेरी दु’:खद खबर: आफ्नै कोठामा झु’ण्डिएर नेपालीले गरे आ’त्मह’त्या
Next articleछोरालाई यस्तो समस्या थियो, राँची पनि लागियो, बुहारीको मेरै हातले बिहे गरिदिन्छु – मृ’तकका बुवा (भिडियो सहित)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।