साउदीमा कम्पनी फेर्न र काफला प्रणाली अन्त्यको नियम १४ मार्च देखि लागु हुँदै

0
74

साउदीमा कम्पनी फेर्न र काफला प्रणाली अन्त्यको नियम १४ मार्च देखि लागु हुँदै

साउदी अरबको श्रम बजार मा परिबर्तनकारी भुमिका खेल्ने अपेक्षा सहित साउदी सरकार ले घोषणा गरेको श्रम सुधार सम्बन्धी प्राबधानहरु मार्च १४ देखि कार्यान्वित हुने भएको छ। गत नोभेम्बर ४,२०२० मा साउदि सरकार ले स्थानिय श्रम बजार मा सुधार गर्ने उदेश्य ले विभिन्न सुधारका कदमहरु को घोषणा गरेको थियो।

घोषित सुधारहरु निजि क्षेत्रमा कार्यरत घरेलु ड्राइभर,गार्ड,कामदार ,गोठाला र माली काम गर्ने बाहेक का ले समान रुप मा उपभोग गर्न सक्ने छन। मुख्यतया बर्षौ देखि कायम रहेको स्पोन्सरशिप(कफाला) सिस्टम खारेज गरिएको छ साथै कामदार ले रोजगारदाताको स्वीकृति बेगर पनि एउटा कम्पनी बाट अर्को कम्पनी या काममा जान सक्ने छन !

साथै भिषा को बैधानिक समयावधि भित्र कामदार लाई आफ्नो मुलुक फर्कन समेत अनुमती प्रदान गर्दछ।यस अघि साउदी अरब छाड्न रोजगारदाता को अनिवार्य अनुमती या उ मार्फत प्रकृया बढाउनु पर्ने अवस्था थियो।

साउदी अरब मा मार्च १४ देखि कार्यान्वयन मा आउने श्रम सुधार समन्धी प्राबधानहरु ले साउदी को श्रम बजार लाई अझ ब्यबस्थित बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ यधपी प्राबधान कार्यान्वयन मा आउदै गर्दा ब्यबहारिक कार्यान्वयनको पक्ष मा सहजता आउन केही समय लाग्न सक्ने देखिन्छ। अरबनेपाल डटकम बाट 

https://www.ujyaalonepalnews.com/archives/13843

Previous article२७ फेब्रुअरीको सूचना -नयाँ पासपोर्ट तयार भएर आयो, तपाईको आयो नि आएन?? तुरुन्त हेर्नुहोला
Next articleआज वि.सं. २०७७ चैत्र १ गते आईतबार ( १४ मार्च २०२१) आजको राशिफल