कर्मचारीलाई कोरोना लागेपछि रियादमा रहेको दुताबासको आयो यस्तो सूचना

काठमाण्डौ – साउदीमा रहेको नेपाली दूतावासका कर्मचारीमा कोरोना देखिएपछि भौतिक रूपमा सेवा बन्द भएको छ । पहिले पनि कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको र पुनः थप कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि भौतिक रूपमा उपस्थित भएर लिनुपर्ने सम्पूर्ण सेवाहरू बन्द गरिएको दूतावासले जनाएको छ । अत्यावश्यक काम परेमा भने फोनमार्फत दूतावासमा सम्पर्क गर्न सकिन्छ ।

तर अर्को सूचना जारी नभएसम्म दूतावासले भौतिक रूपमा भने सेवा नदिने भएको छ । दूतावासमा ०११४्र६१११०८ नम्बरमा बिहान ९ बजेदेखि ४ बजेसम्म सम्पर्क गर्न सकिन्छ । योसँगै दूतावासको हटलाइन नम्बर ०५५९३८९६०० वा इमेल ठेगाना epalembassyriyadh @ gmail. com मार्फत पनि आफ्नो समस्या राख्न सकिने दूतावासले जनाएको छ । दुताबासले जारी गरेको सुचना यस्तो छ ! 

भौतिकरुपमा दूतावासमा उपस्थित भई लिनुपर्ने सेवाहरु अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको सूचना

यस राजदूतावासका थप कर्मचारीहरूमा कोरोना भाइरसको संक्रमण देखिएको हुँदा सेवाग्राहीहरू भौतिकरुपमा उपस्थित भई दूतावासबाट लिनुपर्ने सम्पूर्ण सेवाहरू अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । अत्यावश्यक काम परी दूतावासमा सम्पर्क गर्नुपरेमा यसअघिका सूचनामा दिइएका टेलिफोन नं. हरूमा सम्पर्क गर्नहुन अनुरोध छ।

 

 

शौचालयमा लडेर चितवनमा एक जनाको मृत्यु

Previous articleसाउदीमा निगमले सात र हिमालयले तिन चार्टर्ड उडान गर्ने तर नेपाली चढ्न नपाउने
Next articleपरदेशीलाई खुसीको खबर: जुन १ देखि अन्तर्राष्ट्रिय उडान सहज बनाउने तयारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।