नारायणी नदीले खतराको तह पार गर्‍यो आसपासका बस्ति खाली गर्न चेतावनी

0
47

नारायणी नदीले खतराको तह पार गर्‍यो आसपासका बस्ति खाली गर्न चेतावनी

चितवन, : नारायणी नदीले खतराको तह पार गरेको छ । जल मापन केन्द्र देवघाटका अनुसार नारायणी नदीले खतराको तह नाघेको हो । यस क्षेत्रमा ८ मिटर पानीको सतहलाई खतराको तह मानिन्छ । अहिले (अपरान्ह ४ बजेको समयमा) नारायणीको सतह बढेर ८.०५ मिटर पुगेको छ । अहिले नारायणीको बहाब अझै बढ्ने क्रममा रहेको जल मापन केन्द्र देवघाटले जनाएको छ । नारायणीले खतराको तह पार गरेसंगै नदी तटीय क्षेत्रमा जोखिम बढेको छ । त्यस क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

शुक्रबार पूर्वी नेपालबाट मनुसन भित्रिएसँगै लगातार बर्षा रोकिन सकेको छैन । दुई दिनभित्रै देशभर फैलिएको मनसुन अझै पनि केहीदिनसम्म सक्रिय हुने मौषमविद्हरुले जनाएका छन् । पछिल्लो २४ घण्टामा भैरहवामा ९४, पोखरामा ९३ र धनगडीमा ७६ मिलिमिटर पानी परेको थियो ।

अघिल्लो वर्ष जेठ ३० गते भित्रिएको मनसुनी चक्र यसवर्ष भने दुई दिन चाँडो र औसत समयअनुसार दुई दिन ढिलो गरी पूर्वीनेपालबाट भित्रिएको छ । २०७७ असोज ३० गते वाहिरिएको मनसुनी चक्र करिव आठ महिनाको अन्तरमा मनसुन भित्रिएको हो । नेपालमा सामान्यतया मनसुन १० जुनमा भित्रिने र सेक्टेम्वर २३ मा वाहिरीने औसत समय मानिन्छ । नेपालमा जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि मानिन्छ ।

https://www.ujyaalonepalnews.com/archives/14739

Previous articleराजदूत भण्डारी र सहायक विदेशमन्त्री अल–धाफिरी बीच भेटवार्ता
Next articleकलेजोले काम नगरेपछि परदेशमै अस्ताए चितवनका बिनोद