युवा क्लब दर्ता प्रक्रिया: के के कागजात चाहिएला ?

Click Image

निराजन घिमिरे- नेपालमा सामाजिक संघसंस्था खोलेर सामाजिक काम गर्ने एउटा लहर जस्तै छ । अझ युवाहरुमा त यो जोश अनि जाँगर धेरै नै हुने भयो । खेलकुद लगायत अन्य गतिविधिमा सामेल हुन युवा क्लब खोलेर जामाजिक कामामा जोडिने परिपाटी छ । हुन त यसरी खोलिएका हजारौ सामाजिक संघसंस्थाहरु अनिकराना नभएर अलपत्र अवस्थामा छन् । समय संगै जोस जाँगरमा कमि आउनु र पुस्ता हस्तानान्तरण नहुनु यसको मुख्य कारण हो । खैर, जे होस् क्लब दर्ता कसरी गर्ने ? के के कागजात चाहिन्छ ? कति खर्च लाग्छ ?  भन्ने कुरामा धेरै अन्योलता देखिन्छ । आज यो लेख मार्फत यो अन्योलता चिर्ने कोसिस गरेको छु ।

म आफु पनि चितवनको रत्ननगर नगरपालिका वार्ड नं, १६ मा रहेको भद्रकाली युवा क्लबको अध्यक्ष हुँ । संस्था भर्खरै मात्र गठन गरिएको हो र दर्ता पनि आर्थिक वर्ष २०७७/७८ मा गरिएको हो । त्यसैले आफ्न अनुभव यँहा शेयर गर्दै छु ।

सबैभन्दा पहिला युवा क्लब गठन गर्नको लागी कम्तीमा ५० जनाको भेला बोलाउनुहोस । भेलामा स्थानीय जननिर्वाचित जनप्रतिनिधि उपस्थित हुनु जरुरी छ । जस्तै: वडाध्यक्ष, वडा सदस्य, मेयर, उप-मेयर आदि । जनप्रतिनिधिको अध्यक्षतामा बसेको भेलाले फलानो नामको संस्था गठन गर्ने भनेर निर्णय गर्नुहोस् । सोहि भेलामा एउटा तदर्थ समिति गठन गर्ने / नव गठित संस्थालाई जिल्ला प्रशासन कार्यालमा दर्ता गर्ने निर्णय गर्ने / तदर्थ समितिको २ जनालाई संस्था दर्ताको आवश्यक कामकाज गर्नको लागी अख्तियारी दिएको निर्णय गरेर माईनुट उठाउने ।

त्यसपछि जिल्ला प्रशासन कार्यालयको संस्था दर्ता तथा नबिकरण शाखामा गएर विधानको नमुना र व्यक्तिगत विवरण फारम मागेर ल्याउने । नमुना अनुसार विधान तयार गरेर नमुना ल्याएकै ठाउँमा गएर विधान देखाउने । जिल्ला प्रशासन कार्यालयको संस्था दर्ता तथा नबिकरण शाखाका कर्मचारीले विधान फाइनल गरेपछि त्यसको ३ प्रति बनाउने र प्रत्यक पेजमा तदर्थ समितिका सदस्यहरुले हस्ताक्षर गर्ने । पहिला ३ प्रति बनाएर मात्र हस्ताक्षर गर्नुहोला, एउटामा हस्ताक्षर गरेर फोटोकपि गरेर लागेको मान्य हुने छैन ।

अब वडा कार्यालमा गएर संस्था दर्ताको लागी सिफारिस लिनुस । अघि ल्याएको व्यक्तिगत विवरण भर्नुहोस् । याद गर्नुस तदर्थ समितिका सम्पूर्ण सदस्यहरुको छुट्टा छुट्टै फारम चाहिन्छ ।

 

https://ujyaalonepalnews.com/?p=15490

Previous articleरत्ननगर १६ को भद्रकाली डेरीमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न
Next articleपासपोर्ट नविकरण गर्न अनलाईन फारम भर्ने बारे नेपाली दुताबास रियादको सुचना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।