युवा क्लब दर्ता प्रक्रिया: के के कागजात चाहिएला ?

निराजन घिमिरे- नेपालमा सामाजिक संघसंस्था खोलेर सामाजिक काम गर्ने एउटा लहर जस्तै छ । अझ युवाहरुमा त यो जोश अनि जाँगर धेरै नै हुने भयो । खेलकुद लगायत अन्य गतिविधिमा सामेल हुन युवा क्लब खोलेर जामाजिक कामामा जोडिने परिपाटी छ । हुन त यसरी खोलिएका हजारौ सामाजिक संघसंस्थाहरु अनिकराना नभएर अलपत्र अवस्थामा छन् । समय संगै जोस जाँगरमा कमि आउनु र पुस्ता हस्तानान्तरण नहुनु यसको मुख्य कारण हो । खैर, जे होस् क्लब दर्ता कसरी गर्ने ? के के कागजात चाहिन्छ ? कति खर्च लाग्छ ?  भन्ने कुरामा धेरै अन्योलता देखिन्छ । आज यो लेख मार्फत यो अन्योलता चिर्ने कोसिस गरेको छु ।

म आफु पनि चितवनको रत्ननगर नगरपालिका वार्ड नं, १६ मा रहेको भद्रकाली युवा क्लबको अध्यक्ष हुँ । संस्था भर्खरै मात्र गठन गरिएको हो र दर्ता पनि आर्थिक वर्ष २०७७/७८ मा गरिएको हो । त्यसैले आफ्न अनुभव यँहा शेयर गर्दै छु ।

सबैभन्दा पहिला युवा क्लब गठन गर्नको लागी कम्तीमा ५० जनाको भेला बोलाउनुहोस । भेलामा स्थानीय जननिर्वाचित जनप्रतिनिधि उपस्थित हुनु जरुरी छ । जस्तै: वडाध्यक्ष, वडा सदस्य, मेयर, उप-मेयर आदि । जनप्रतिनिधिको अध्यक्षतामा बसेको भेलाले फलानो नामको संस्था गठन गर्ने भनेर निर्णय गर्नुहोस् । सोहि भेलामा एउटा तदर्थ समिति गठन गर्ने / नव गठित संस्थालाई जिल्ला प्रशासन कार्यालमा दर्ता गर्ने निर्णय गर्ने / तदर्थ समितिको २ जनालाई संस्था दर्ताको आवश्यक कामकाज गर्नको लागी अख्तियारी दिएको निर्णय गरेर माईनुट उठाउने ।

त्यसपछि जिल्ला प्रशासन कार्यालयको संस्था दर्ता तथा नबिकरण शाखामा गएर विधानको नमुना र व्यक्तिगत विवरण फारम मागेर ल्याउने । नमुना अनुसार विधान तयार गरेर नमुना ल्याएकै ठाउँमा गएर विधान देखाउने । जिल्ला प्रशासन कार्यालयको संस्था दर्ता तथा नबिकरण शाखाका कर्मचारीले विधान फाइनल गरेपछि त्यसको ३ प्रति बनाउने र प्रत्यक पेजमा तदर्थ समितिका सदस्यहरुले हस्ताक्षर गर्ने । पहिला ३ प्रति बनाएर मात्र हस्ताक्षर गर्नुहोला, एउटामा हस्ताक्षर गरेर फोटोकपि गरेर लागेको मान्य हुने छैन ।

अब वडा कार्यालमा गएर संस्था दर्ताको लागी सिफारिस लिनुस । अघि ल्याएको व्यक्तिगत विवरण भर्नुहोस् । याद गर्नुस तदर्थ समितिका सम्पूर्ण सदस्यहरुको छुट्टा छुट्टै फारम चाहिन्छ । अब एउटा फाईल बनाउनुस, जसमा प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरिएको निवेदन, वडाको सिफारिस, भेलाले निर्णय गरेको माईनुटको प्रतिलिपि, तिन प्रति बिधान, अनि अध्यक्ष देखि सदस्यहरु सम्मको क्रमैसंग व्यक्तिगत विवरण भरिएको फारम र नागरिकताको प्रतिलिपि राख्दै जानुहोस, याद गर्नुहोस, यदि कुनै व्यक्तिको नागरीकता बाह्य जिल्लाबाट बनेको छ भने नागरिकता संगै बसाईसराईको प्रमाणपत्रको पतिलिपि पनि राख्नुहोस् ।

अब विधि पुर्याएर जिल्ला प्रशासन कार्यालयमा फाईल पेश गर्नुहोस ।

Previous articleरत्ननगर १६ को भद्रकाली डेरीमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न
Next articleपिठुवामा गाईको प्रतिमा अनावरण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।