Home Uncategorized कांग्रेस महाधिवेसन: रत्ननगर काँग्रेस सभापतिमा रुपनराजको उम्मेदवारी घोषणा

कांग्रेस महाधिवेसन: रत्ननगर काँग्रेस सभापतिमा रुपनराजको उम्मेदवारी घोषणा

कांग्रेस महाधिवेसन: रत्ननगर काँग्रेस सभापतिमा रुपनराजको उम्मेदवारी घोषणा

नेपाली कांग्रेस रत्ननगर नगर सभापतिमा रुपनराज घिमिरेले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । आज (मंगलबार ) रत्ननगरमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता घिमिरेले नजिकिंदै गरेको महाधिवेसनमा रत्ननगरको पार्टी सभापतिमा आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनलाई लक्षित गरि आयोजना गरिएको कार्यक्रममा १२ औं र १३ औं अधिबेशनमा विजयी भएर दुई कार्यकाल सभापति पदमा रहेर काम गरिसकेका घिमिरेले तेस्रो कार्यकालको लागि उम्मेदवारी घोषणा गरेका हुन ।

२०७४ सालको स्थानीय निर्बाचनमा रत्ननगर नगरपालिकाको मेयरका उम्मेदवार समेत रहेका घिमिरेले अबको स्थानीय निर्बाचनमा काँग्रेसलाई जिताउन तेस्रो कार्यकालको लागि सभापतिमा उम्मेदवारी दिने बताए । अघिल्लो स्थानीय तहको निर्वाचनमा मेरै कारणले हार्नुप¥यो उनले भने अबको निर्वाचनमा जित हात पारेर काँग्रेसको गुमेको शाख फिर्ता ल्याउने छु ।

काँग्रेसलाई संगठित गर्दै आगामी निर्वाचनमा जीत हासिल गर्ने दायित्व आफुमाथी रहेको भन्दै घिमिरेले पार्टीलाई जिताउने संकल्पका साथ १४ औं अधिबेशनमा नगर सभापतिमा उम्मेदारी दिने घोषणा गरेको छु । घिमिरेको प्यानलबाट उपसभापतिमा कमलनाथ अधिकारी र अपिल अधिकारी,सचिवमा अनिता अर्याल र दीपेन्द्र श्रेष्ठ,सह सचिवमा रामचन्द्र पौडेल र प्रतिमा चौधरीले उम्मेदवारी घोषणा गरेका छन् ।

संविधान सभा सदस्य सावित्री देबी चौधरी प्रमुख अतिथि रहेको घोषणा कार्यक्रममा नेता कुमार कार्कीले वडा अधिबेशनमा सर्बसम्मत नेतृत्व छान्न सफल भएको काँग्रेसले नगरको नेतृत्व चयनमा पनि सर्ब सम्मतको लागि प्रयास गर्ने बताए ।

https://ujyaalonepalnews.com/archives/15886

Previous articleअब पिसिआर टेस्ट रत्ननगर मै हुने: मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले गरिन् उद्घाटन
Next articleपिठुवा लायन्स क्लबले भद्रकाली मा.वि मा निशुल्क दन्त शिविर गर्दै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।