कोरोना भाइरसको संक्रमण रोक्न चीनले छुट्यायो साढे ८ अर्ब डलर

कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न चीनले ८.७ अर्ब डलर बजेट छुट्याएको छ।

चीनको वित्त मन्त्रालय र राष्ट्रिय स्वास्थ्य आयोगले ६०.३३ अर्ब युआन बजेट जम्मा गरेको हो।

संक्रमण रोक्न तथा जनस्वास्थ्यका आधारभूत सेवा प्रवाह गर्न सो रकम खर्च हुने मन्त्रालयले सोमबार जनाएको छ।

हाल करिब २७ सय जना यो भाइरसबाट संक्रमित भएका छन् भने ८० जनाको ज्यान गइसकेको छ। एजेन्सी

गुण्डागर्दीमा संलग्न पासलाल पक्राउ

Previous articleसापकोटाविरुद्धको मुद्दामा सुनुवाइ सकिएन, मङ्गलबार सुनुवाइ हुने
Next articleचिनियाँ नाकामा ‘हेल्थ डेस्क’ स्थापना गर्न माग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।