वैदेशिक अध्ययनको सारथी सक्सेस एजुकेसनल; ५०% छुटको समेत घोषणा

0
62

काठमाडौँ- आजका नेपाली युवा युवतीहरू विदेश अध्ययन गर्न जानका लागि लालायित छन् ।अन्तर्राष्ट्रिय स्तरको डिग्री प्राप्त गर्ने, विश्वको संस्कृति तथा श्रम शैली सिक्ने र उच्च स्तरीय जीवनशैली अपनाउने अभिलाषाका कारण नेपाली युवा युवतीहरू बिदेसिने गरेका छन् । त्यस्तै नेपाली शिक्षा प्रणालीले आफ्नो भविष्य सुनिश्चित गर्न नसक्ने देखेर बिदेसिनेको सङ्ख्या पनि उत्तिकै बढेको छ । पढ्दै कमाउने र सुन्दर भविष्यको मार्गचित्र कोर्ने साझा उद्देश्य बोकेका यस्ता विद्यार्थीलाई त्यो प्रक्रियामा सहयोग गर्छन् नेपाली परामर्श व्यवसायीहरू ।

विश्वका विभिन्न भागमा रहेका प्रतिष्ठित विश्वविद्यालय तथा क्याम्पसहरूमा विद्यार्थी भर्ना गर्न सहजीकरण गर्ने यिनै परामर्श व्यवसायीले विद्यार्थीलाई उसको अगाडिको सुन्दर भविष्यको मार्ग देखाउँछन् । विदेश अध्ययन गर्न जाने विद्यार्थी र अध्यापन गराउन चाहने विदेशी संस्था बिच पुल को काम गर्दै जोड्ने उद्देश्यले खुलेका यस्ता परामर्श व्यवसायी छान्नु पनि विद्यार्थीका लागि उत्तिकै कठिन हुन्छ। कतिपय अवस्थामा त गलत परामर्शका कारण विद्यार्थीको भविष्य नै अन्धकार हुने अवस्था पनि आउन सक्छ । आज हामी भने तपाईँलाई एउटा यस्तो परामर्श व्यवसायी संस्थासँग जोड्दै छौं जसले आफ्नो लामो इतिहासमा गुणस्तर र विश्वसनीयतालाई आफ्नो पर्याय बनाएको छ ।

राजधानीको पुतलीसडकमा रहेको सक्सेस एजुकेसनल कन्सल्टेन्सी थुप्रै परामर्श व्यवसायीहरूको भिडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कन्सल्टेन्सी हो । “एजुकेटिङ द वर्ल्ड फर सक्सेस” भन्ने नारासहित सन् २००७ मा सुरु भएको यो संस्थाले आफ्नो सफलताको १४ वसन्त पार गर्दै गर्दा थुप्रै विद्यार्थीको मन मात्रै जितेको छैन उनीहरूलाई आफ्नो उज्ज्वल भविष्य पनि देखाएको छ । स्थापनाकालमा पोल्यान्ड बाट सुरु गरेर युरोपका अन्य देशहरू डेनमार्क, स्विडेन, फिनल्यान्ड, जर्मनी, चेक गणतन्त्र, हङ्गेरी आदि मुलुकमा काम गरेको सक्सेसले हाल यी मुलुकहरू सहित अस्ट्रेलिया, क्यानडा, अमेरिका लगायतका देश पठाउने काम गर्दै आएको छ । यसरी काम गर्दै गर्दा युरोपको उत्कृष्ट भिसा सफलता र अन्य मुलुकहरूको सन्तोषजनक भिसा सफलता सहितको पहिचान संस्थाले बनाएको छ ।

यसबाहेक आफ्नो भाषा कक्षाका कारण पनि सक्सेस स्थापित छ । टोफेल, आईएल्टिएस, पिटिई, जर्मन भाषा र ड्युलिङ्गोको तयारी गराउने सक्सेसले प्रत्येक भाषाका लागि अलग अलग दक्ष प्रशिक्षकको व्यवस्था गरेको छ । सुलभ दरमा भाषा शिक्षण, थोरै विद्यार्थी सङ्ख्या राखेर शिक्षण, प्रत्येक हप्ता निःशुल्क मक टेस्टको व्यवस्था र भाषामा उत्कृष्ट नतिजा आदि सक्सेसको भाषा कक्षाका अन्य विशेषताहरू हुन् ।

सक्सेसले आफ्नो संस्थाबाट विदेश अध्ययनको आवेदन दिने विद्यार्थीका लागि पनि विशेष व्यवस्था गर्ने गरेको छ । निःशुल्क काउन्सिलिङको सुविधा बाहेक सुलभ दरमा प्रोसेसिङ, योग्य आवेदकका लागि छात्रवृत्तिको व्यवस्था, उपयुक्त कोर्स, विश्वविद्यालय र विषयहरूको विविध छनोटको विकल्प, डकुमेन्ट बनाउन सहयोग, विदेश जानू अगाडि उपयुक्त मार्गदर्शन र बासस्थान खोज्न सहयोग आदि सक्सेसका विद्यार्थीले पाउने सुविधा हुन् । त्यस्तै सक्सेसले मात्र एजुकेसन मार्फत हालै घोषणा गरेको एउटा अफरमा पहिला आउने २० जनालाई भाषा शिक्षणमा ५०% छुट दिने घोषणा गरिएको छ।

नेपाली विद्यार्थीको आर्थिक स्तर राम्रोसँग बुझेको सक्सेस व्यवस्थापनले निःशुल्क विदेश शिक्षाको अवसर पनि प्रदान गर्ने गरेको छ । आर्थिक अभावकै कारण गुणस्तरीय शिक्षा पाउनबाट कोही वञ्चित हुन नपरोस् भनेर यस्तो व्यवस्था गरिएको सक्सेसका सञ्चालक प्रज्वल बस्नेत बताउँछन् । तर त्यसका लागि निश्चित मापदण्ड भित्रको विद्यार्थी हुनुपर्ने उनको भनाइ छ । ग्रिसमा निःशुल्क अध्ययन गर्न चाहनेहरूका लागि निःशुल्क शिक्षाका साथै निःशुल्क खान बस्नको व्यवस्था सहित सक्सेसले पठाउने गरेको छ भने जर्मनी भाषामा पढ्न र भिसा लिनका लागि बि-२ लेभलको जर्मन भाषा पास गर्नुपर्छ। त्यस्तै अङ्ग्रेजी माध्यममा पढ्नका लागि ६.५ भन्दा माथिको स्कोर हुनुपर्छ। यसो गर्दा धेरै विश्वविद्यालयमा निःशुल्क भर्ना पाइन्छ भने शुल्क लिनेले पनि अत्यन्तै न्यून शुल्कमा पढाउँछन् ।

त्यसबाहेक सक्सेसले तपाईँलाई सफलता तिर डोर्‍याउन सक्ने अर्को देश क्यानडा हो। क्यानडा अन्तर्राष्ट्रिय विद्यार्थीले बढी रुचाएको एक प्रमुख गन्तव्यको रूपमा रहेको छ। शैक्षिक संस्थाहरूको गुणस्तर र त्यहाँ अन्तर्राष्ट्रिय विद्यार्थीले पाउने कोर्सका विभिन्नता, उपयुक्त वातावरण र शुल्कका कारण मात्रै यो देश रोजाइको बनेको नभई त्यहाँ उनीहरूले शिक्षा सँगै पाउने सिप र रोजगारीको सुनिश्चितताको उतिकै भूमिका रहेको छ। त्यस्तै अन्य देशहरूको तुलनामा कम शिक्षण शुल्क, कम दैनिक खर्च, राम्रो जीवन स्तर, आप्रवासनको लागी सम्भावित अवसर आदि पनि विद्यार्थीलाई आकर्षित गर्न सक्ने तत्त्वहरू हुन्।

क्यानडामा रहेको “दिवाकर इमिग्रेसन सर्भिसेस” नामक कम्पनी सँगको साझेदारीमा सक्सेसले क्यानडा पठाउने काम गर्दै आएको छ। यस सम्बन्धी थप जानकारीका लागि तपाईँ यहाँ क्लिक गरेर मात्र एजुकेसनले केही समय अघि तयार पारेको सामग्री पढ्न सक्नुहुन्छ। त्यस्तै तपाईँलाई क्यानडा जाने प्रक्रिया बारे रुचि छ भने यहाँ क्लिक गरेर भिडियो अन्तर्वार्ता पनि हेर्न सक्नुहुन्छ।

सक्सेस मार्फत क्यानडा पढ्न जान आवेदन दिने विद्यार्थीहरूले यहाँ अर्को एक विशेष सुविधा पनि पाउँछन्। एक्सप्रेस इन्ट्रीमा भाषा योग्यता नपुगेर आवेदन दिन नपाएकाहरूले क्यानेडियन इमिग्रेसनले हालै व्यवस्था गरेको अर्को नयाँ अङ्ग्रेजी भाषा परीक्षा मार्फत आवेदन दिन सक्छन्।

यो सँगै सक्सेसका सञ्चालक लामो समय परामर्श क्षेत्रमा अनुभवी व्यक्तित्व भएकाले तपाईँको आवेदन प्रक्रिया सरल र सहज हुनेछ। त्यसबाहेक सक्सेसका सञ्चालक प्रज्वल बस्नेत परामर्श व्यवसायीहरूको छाता सङ्गठन स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (फेकन) का उपाध्यक्ष पनि भएकाले गुणस्तरीय परामर्श सेवा प्रदान हुनेमा कुनै दुई मत छैन।

यति जानकारी पछि यदि तपाईँलाई सक्सेस मार्फत आफ्नो विदेश अध्ययनको सपना पुरा गर्न मन लाग्यो भने तपाईँ पुतलीसडकको माछापुच्छ्रे बैङ्क सँगै रहेको सक्सेस एजुकेसनल कन्सल्टेन्सी जान सक्नुहुन्छ। थप जानकारीका लागि यहाँ क्लिक गरेर सक्सेसको वेबसाइट, र यहाँ क्लिक गरेर फेसबुक पेजमा जोडिन सकिन्छ ।

https://www.ujyaalonepalnews.com/archives/16929

Previous articleसाउदी राजकुमार विन सलमानले हिजो उद्घाटन गरेको २० अर्ब डलरको ‘जेद्दा प्रोजेक्ट’ के हो ?
Next articleश्रीमान् गए कमाउन खाडीमा श्रीमती चै अर्कैको गाडीमा ……